३० आश्विन २०८३, शुक्रबार

अध्यक्ष थापाले डिसीमा प्रवासी नेपालीलाई सम्बोधन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-thapa– विजय थापा

वाशिंगटन डिसी । उपप्रधान तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा आगामी अप्रिल २४ मा डिसी महानगर क्षेत्रमा हुने प्रवासी नेपाली एकता समाज अमेरिकाको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नु हुने भएको छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको बेथेस्डा शहरको हिल्टन होटल (अतिथि गृह)मा हुने सभामा प्रमुख अतिथिको भूमिका निर्वाह गर्नु हुने आयोजक लोकनाथ तिवारीले बताउनु भयो ।

अध्यक्ष थापा न्युयोर्कस्थित राष्ट्र संघको कार्यक्रमका लागि अप्रिल २१ र २२ रहनु हुने छ । न्युयोर्कबाट साधारण सभाको लागि डिसी आउनु हुने कार्यक्रम छ ।

अप्रिल २४ मा पहिलो चरणमा थापाले डिसी महानगर क्षेत्रका बुद्धिजीवी, नागरिक समाज तथा नेपाली समुदायसंग भेटघाट गर्नुको साथै अन्तरक्रिया कार्यक्रम समेत गरिने भएको छ ।

सोहि दिन दोश्रो चरणमा प्रवासी नेपाली एकता समाज अमेरिकाको प्रथम साधारण सभालाई समय प्रदान गर्नु हुने जानकारी तिवारीले दिनु भयो ।

सन् २०१२ देखि नै अमेरिकामा कृयाशील रहेको प्रवासी नेपाली एकता समाजले अमेरिकाले प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति समेत गठन गरि सकेको छ ।

राप्रपा नेपालका केद्रीय सदस्य तथा प्रवास हेर्ने र लामो समयदेखि अमेरिकाको बाल्टिमोरमा बसोबास गर्दै आएका प्रेमकुमार श्रेष्ठले सम्मेलनलाई सफलता बनाउन आयोजक समिति अहोरात्र खटिरहेको जानकारी दिनु भयो ।