अमेरिका । अमेरिकामा भर्खरै सम्पन्न इन्टरनेशनल एकेडेमिक कन्फ्रेन्स फर तेक्वान्दो २०१६ मा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक प्रकाश थापाले सहभागिता जनाएका छन् ।
करिव आधा दशक यता अमेरिकामा रहंदै आएका थापा तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षक त हुन् नै अमेरिकामा स्थापित इभेन्ट म्यानेजर पनि हुन् ।
वर्ल्ड तेक्वान्दो फेडेरेशन साइन्टिफिक रिसर्च कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा २१ राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा अमेरिका, रिपब्लिक अफ कोरिया, जर्मनी, क्रोएशिया लगायत देशले तेक्वान्दोको ईतिहासबारे प्रस्तुति राखेका थिए ।
यस्तै रिसर्च कमिटीका अध्यक्ष डा फ्रान्जो पोज, ग्रान्डमास्टर वुजिन जङ, केइम्युग युनिभर्सिटीका ह्योङ सिक सङ, सिओल वोमेन युनिभर्सिटीका स्टेभन काप्नर लगायतले तेक्वान्दोबारे बोल्नु भएको थियो ।















प्रतिक्रिया