८ कार्तिक २०८३, आइतबार

जेलमुक्तपछि ‘डन’ले यसरी कमाए पाँच करोड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dawa Lama Donकाठमाडौं, २५ चैत । राजधानीका क्यासिनोमा नेपाली प्रवेशलाई प्रहरीले कडाई गरेपछि क्यासिनोका दलालहरुले घर, अपार्टमेन्ट र होेटलका कोठा बुकिङ गरेर जुवा खेलाउन थालेका छन् । यसरी जुवा खेलाउनेमा गुण्डाका नाइके देखि पेशेवर जुवाडेसमेत छन् ।

उनीहरुले क्यासिनो कै शैलीमा जुवा खेलाउन थालेका हुन् । यति सम्म कि त्यस्ता जुवा अखडामा हारेका जुवाडेलाई पैसा लगानी गर्ने दलालहरु पनि सलबलाउन थालेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

दुई महिना अघिमात्र जेलबाट छुटेका काभ्रेली समूहका गुण्डा नाइके दावा लामासमेत अहिले जुवा अखडा सञ्चालन गर्न थालेका छन् । लामाले जुवा खेलाएरै पाँच करोड असुलेको स्रोत बताउँछ । लामाको समूहले नयाँ बानेश्वर, नयाँबजार, लाजिम्पाट क्षेत्रमा प्रिपेड शैलीमा जुवा खेलाउँदै आएको छ । लामाको समूहमा जेलबाट सँगै छुटेका बिरेन ठकुरीलगायत आधा दर्जन व्यक्ति सक्रिय छन् ।

त्यस्तै, क्यासिनोमा दलाली गर्ने प्रितम भन्ने बलराम गिरी पनि ठूलो जुवा अखडा चलाउने गिरोहका नाइके हुन् । गिरीले लाजिम्पाट र नयाँबजार क्षेत्रमा जुवा खेलाउँदै आएका छन् । पछिल्लो समय गुण्डा दावा र गिरीले पार्टनरको रुपमा समेत जुवा खेलाउँने गरेको स्रोत बताउँछ ।

व्यवसायीक रुपमा दश बर्ष देखि दोलखाका नारायण खड्काले जुवा खेलाउँदै आएका छन् । खड्काको समूहले अहिले पनि प्रिपेड शैलिमा जुवा खेलाउँदै आएको छ । पटक–पटक खड्काको जुवा अखडामा प्रहरीले छापा मारे पनि उनले जुवा खेलाउन छाडेका छैनन् । खड्काले हाल गौशाला, नयाँबानेश्वर, पुरानो बानेश्वर क्षेत्रमा जुवा खेलाउँदै आएका छन् ।

यस्ता अखडामा राजनीतिककर्मी देखि सेना, प्रहरी र निजामती कर्मचारीका हाकिमसमेत भेटिदै आएका छन् । क्यासिनो झै म्यारिज टुबुल राखेर जुवा खेलाउने अर्का नामुद जुवाडे हुन् राम तामाङ । तामाङले आधा दर्जन घर भाडामा लिएर जुवा खेलाउँदै आएका छन् ।

तमाङले पनि जुवा अखडालाई ब्यावसायिक रुपमै अंगालेका छन् । उनको जुवा अखडा बाह्रै महिना सञ्चालन हुन्छ । तमाङले बालुवाटार, चच्पल कारखाना पछाडि, नारायणस्थानमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् ।

क्यासिनो कै शैलिमा घर घरमै सञ्चालन भएका जुवा अखडामा करोडौंको रुपैयाँको खेल हुने गरेको छ । प्रहरीबाट बच्न जुवाडेहरुले अखडाको नाम ‘प्रिपेड मोबाइल’ बताउने गरेका छन् ।

पुरानो बानेश्वरमा रहेको नेत्रकमल छुनामुना बिद्यालय अगाडि मदनबहादुर कंडेलले जुवा अखडा सञ्चालन गर्दै आएका छन् । राजधानीको जुवा अखडामध्ये कंडेलको अखडा टप टेनमा पर्ने एक जुवाडे दावी गर्छन् ।

उक्त जुवा अखडामा नेता, कर्मचारी, तस्कर, प्रहरीका हाकिम नै आउने गरेको उनी बताउँछन् । ब्यापारी अमृत गुरुङ, कानून क्षेत्रका सुरेन्द्रशमशेर जबरा, नायक भुवन केसीका बुबा मदनबहादुर केसीलगायतका व्यक्तिहरु जुवाका पारखी भएको उनी थप बताउँछन् ।

त्यस्तै, बौद्ध चुच्चेपाटी क्षेत्रमा खेमबहादुर श्रेष्ठले क्यासिनो शैलिमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् । पार्किङको राम्रो ब्यबस्था भएको बंगलामा किचेन र बारसहितको सेवा सुविधासहित दिएर ब्यबसायिक रुपमै यस्ता अखडाहरु सञ्चालनमा आउन थालेका छन् ।

क्यासिनोकै शैलिमा राजधानीका टोलटोलमा जुवा अखडा सञ्चालन भइरहे पनि प्रहरीले त्यसको सुईंको नपाएको जस्तो नाटक गर्दै आएको छ ।