१६ कार्तिक २०८३, सोमबार

स्थापना दिवसमा माइती नेपाल कञ्चनपुर शाखाको घरदैलो कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maiti-nepal-kanchanpur-1

महेन्द्रनगर, २४ चैत । माइती नेपाल कञ्चनपुर शाखाले २३ औं स्थापना दिवसमा घरदैलो कार्यक्रम गरेको छ ।

स्थापना दिवसको अवसर पारेर बुधबार विहान नेपाल-भारत सीमा नाका गड्डाचौकीमा पोस्टर पम्पलेट बाँडेको माइती नेपालले मानव बेचबिखनविरुद्ध दिउँसो सीमा गाउँ दोधारा-चाँदनीमा घरदैलो कार्यक्रम गरेको हो ।

Maiti-nepal-kanchanpur-2

समाजिक रुपमा जघन्य अपराध मानिने मानव बेचबिखन रोकथामका लागिस्थानीयलाई सम्वेदनशील बनाउने उद्देश्यले घरदैलो कार्यक्रम गरिएको माइती नेपाल कञ्चनपुर शाखाका अध्यक्ष महेश्वरी भट्टले जानकारी दिनुभयो ।

‘सीमा गाउँहरुको चोर बाटोबाट दलालहरुले चेलीबेटी सीमा कटाउने गरेका छन् । स्थानीयले सूचना दिए मात्रै धेरै न्युनिकरण हुन्छ’ संयोजक भट्टले भन्नुभयो- ‘त्यही सूचना दिन आग्रह गर्दै र बेचबिखनबारे जानकारी गराउन स्थानीयको घर घरमा पुग्यौं ।’

Maiti-nepal-kanchanpur

उहाँका अनुसार घरदैलो कार्यक्रममा स्थानीयबासीले मानव बेचबिखनविरुद्ध माइती नेपाललाई सहयोग गर्ने र सूचना दिने प्रतिबद्धता जनाएका छन् । ‘मानव बेचबिखन साँझा चुनौति हो भन्ने कुरा स्थानीयले थाहा पाए । त्यसमध्ये केही पीडित पनि भेटिए । अबदेखि सहयोग गर्छाै भनेका छन् ।’

२३ औं स्थापना दिवसको अवसर पारी संयोजक भट्टको नेतृत्वमा ६ जनाको टोलीले मानव बेचबिखनविरुद्ध घरदैलो गरेको हो ।