काठमाडौं, २४ चैत । तपाईंलाई गर्मी मौसम कत्तिको मन पर्छ ? मन नपरे पनि यस वर्ष नेपालमा सर्वाधिक गर्मी हुने सम्भावना रहेको छ ।
भूमध्ये रेखामा यस वर्ष प्रि–मनसुनमा तापक्रम बढेकाले चैत, वैशाख र जेठ महिना निकै गर्मी हुने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले प्रशान्त महासागरको भूमध्ये रेखाको समुद्र सतहको तापक्रम नघटेकाले बढी गर्मी हुने सम्भावना रहेको बताउनुभएको छ । उहाँले गर्मीको लक्षण अहिल्यै शुरु भइसकेको र विस्तारै बढ्दै गएर तराईमा सामान्यतः ४० डिग्री तापक्रम पुग्ने बताउनुभयो ।
मौसमविद् पौडेलले भारतको उत्तर प्रदेश, मध्यप्रदेश र बिहारमा गर्मी धेरै भइसकेकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने बताउनुभयो । पहाडी क्षेत्रका भागलाई धेरै प्रभावित नपारे पनि तराईको जमिन धेरै बढी तात्न सक्ने उहाँको भनाइ छ ।












प्रतिक्रिया