१६ कार्तिक २०८३, सोमबार

अनेरास्ववियु नेता पौडेलका पिताको सडक दुर्घटनामा ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

annsfu– मोहन पौडेल
परासी, २४ चैत । नवलपरासीको बर्दघाट ४ सृजना चोकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आज विहान साढे दश बजेको समयमा पश्चिबाट पुर्व तर्फ गईरहेको लु १ ख ४४९८ नम्बरको स्कुल बसले सोहि दिशा तर्फ जादैँ गरेको लु ६ प ५०३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि गम्भिर घाईते भएका बर्दघाट ३ वस्ने वर्ष ६० का पिताम्बर पौडेलको परासीस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने होली केयर स्कुल पाल्डाँडाको स्कुल बस, चालक र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बर्दिघाटले जनाएको छ ।

स्वर्गिय पौडेल अनेरास्ववियुका पुर्व केन्द्रीय सदस्य, पुर्व अध्यक्ष जिल्ला अध्यक्ष पृत्तम पौडेलका पिता हुनुहुन्थ्यो ।