१६ कार्तिक २०८३, सोमबार

दुई किशोरी एकैसाथ बलात्कृत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapeगौशाला, २४ चैत । महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा दुई किशोरी एकैसाथ बलात्कृत भएका छन् ।

सुन्दरपुर-८ बस्ने १४ वर्षीया र १३ वर्षीया किशोरी एकैसाथ बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुवै किशोरी गत बिहीबार राति ९ बजेको समयमा सुन्दरपुर गाविस-८ बस्ने २५ वर्षीय विनोद यादव र २० वर्षीय कृष्ण यादवबाट बलात्कृत भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

गाउँको सडकमा हिँडेर जाँदै गरेका दुवै किशोरीलाई सडक पेटीमै ढुकेर बसेका दुवै युवकले स्थानीयवासी रामकृपाल यादवको घरमा लगी बलात्कार गरेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

बलात्कार गरी फरार दुवै युवकलाई गएराति जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको छ । उनीहरुमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस