१६ कार्तिक २०८३, सोमबार

प्रतिबन्धित लागुऔषध बोकेका भारतीयसहित दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorवीरगन्ज, २४ चैत । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई आज यहा“ प्रहरीले पक्राउ गरेको छ । तीमध्ये एकजना भारतीय नागरिक रहेका छन् ।

पक्राउ पर्नेमा धनुषा घर भई हाल वीरगन्जमा डेरा गरी बस्ने २७ वर्षीया सपना साह र भारत मोतिहारी निवासी ३० वर्षीय तबरेज आलम रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

प्राप्त सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा शरीरमा लुकाइरहेको अवस्थामा प्रतिबन्धित लागुऔषध नर्फिन, डाइजोपाम र फेनारगन तीन/तीन सय थानसहित उनीहरुलाई वीरगन्जस्थित नया“ बसपार्कबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक शेख अदालतले बताउनुभयो ।

सीमावर्ती भारतीय सहर रक्सौलमा लागुऔषध खरिद गरेर नेपाल भित्र्याउन लागेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । रासस