१६ कार्तिक २०८३, सोमबार

उपाध्याय गोरखापत्रमा पुनर्वहाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bashant Upadhayaकाठमाडौं, २४ चैत । सर्वोच्च अदालतले गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा वरिष्ठ पत्रकार वसन्तप्रकाश उपाध्यायलाई पुनर्वहालीको आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायधीश गोविन्दकुमार उपाध्याय र चोलेन्द्रशम्सेर जवराको चैत २१ को संयुक्त इजलासले सञ्चालक सदस्यमा उपाध्यायलाई पुनर्वहालीको आदेश दिएको हो ।

उपाध्यायको कार्यावधि पूरा हुनु अगावै हटाइनु ऐन विपरित भएको ठहर गर्दै सर्वोच्चले सो निर्णय कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश गरेको हो ।

संस्थानको सञ्चालक समिति सदस्यमा, संस्थानको ऐन २०१९ दफ ८ (१) (ख) बमोजिम मिति २०७१–०४–२ मा दुई वर्षकालागि उपाध्याय नियुक्त हुनुभएको थियो ।

सूचना तथा सञ्चार मन्त्रालयले सञ्चालक समिति सदस्यबाट उपाध्यायलाई २०७२–१०–२९ गते हटाउने निर्णय गरेको थियो ।