१६ कार्तिक २०८३, सोमबार

लोडसेडिङको बिरोधमा प्रशासन घेराउ, कडा आन्दोलनको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kapilvastu ma Lod seding ko birodh

– शम्भू माली
कपिलबस्तु, २४ चैत । कपिलवस्तुको सदरमुकाम तौलिहवामा सोमबारदेखि लोडसेडिङको समय तालिका हेरफेर भएको हुँदा स्थानिय बासी आक्रोशित भई जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।

गर्मी बढे लगत्तै बिद्युत प्राधिकरणले तौलिहवामा प्रत्येक बर्ष लोडसेडिङ बढाउने प्रत्येक घण्टामा लाईन काट्ने जस्ता कार्य गर्दै आएको थियो ।

व्यापारीहरुले महिनौंदेखि भोल्टेज कम आईरहेकोले पानीको मोटर नचल्ने, इनभर्टर समेत चार्ज नहुने, समस्या भोग्दै आईरहेकोले सोमबारदेखि हप्तामा ५ दिन रातमै लाईन जाने भएको हुँदा स्थानियहरु अझै आक्रोसित भई युवा, व्यापारी तथा बिद्यार्थीहरु नारा जुलुसका समेत गरेका थिए ।

आक्रोशित स्थानीयले नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै केही समय चक्काजाम गरेका थिए् भने उर्जा मन्त्री टोप बहादुर रायमाझीको पुतला दहन समेत गरे ।

सांसद अभिषेक प्रताप शाह तथा स्थानिय नेता दिपक पाण्डेयको नेतृत्वमा गएको १० जनाको टोलीले प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे तथा बिद्युत प्राधिकरणका प्रमुख ईन्जिनियर नारायण अर्यालबीच छलफल कार्यक्रममा बिद्युत प्राधिकरणका ईन्जिनियर अर्यालले हामीलाई जानकारी नदिई बुटवलबाट नै समय तालिकामा हेरफेर भएकोे बताए ।

त्यस्तै प्रजिअ इन्दु घिमिरेले समस्याको समाधान गर्न मन्त्रालय तथा सम्बन्धित निकायमा जानकारी गराई सकेको र छिटै नेै समस्या समाधान हुने आश्वासन समेत दिएका छन् ।

आक्रोसित स्थानियले चाँडै समस्या समाधान नभए कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।