काठमाडौं, २४ चैत । सत्तारुढ दल नेकपा एमालेमा पछिल्लो समय पार्टी प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।
यसैक्रममा उपेन्द्र यादव नेृतत्वको पार्टीको भातृ संगठन संघीय समाजबादी विद्यार्थी फोरमका उपमहासचिवसहित ९० जना भन्दा बढी कार्यकर्ता बुधबार एमाले प्रवेश गरेका हुन् ।
फोरमका केशव चाम्लिङसहित सचिबालय सदस्य तथा नेवा इन्चार्ज निश्चल ढुंगेल र अन्य विभिन्न पार्टी का ९० जना भन्दा धेरै कार्यकर्ता एमाले प्रवेश गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
उनका अनुसार नवप्रवेशीलाई पार्टी मुख्यालय धुम्बाराहिमा एक कार्यक्रमकाबीच एमाले महासचिव इश्वर पोखरेले टिका र खाँदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
यस्तै सङ्गीय समाजबादी विद्यार्थी फोरमका अर्का केन्द्रिय सदस्य सुजन कुमार तामाङ, भुवन राई पनि एमालेमा आएको सचिव लामिछानेले बताए ।













प्रतिक्रिया