८ कार्तिक २०८३, आइतबार

तेल रोक्ने भारतीय आयल निगमले नेपाल आएर के भन्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IOC Indian Oil Corporatation

काठमाडौं, २४ चैत । इन्डियन आयल निगम (आईओसी)ले नेपालले मागेजति इन्धन दिन तयार रहेको बताएको छ।

आईओसीका अधिकारीले काठमाडौंमा नेपाल आयल निगम (एनओसी)का अधिकारीलाई यस्तो बताएका हुन् ।

नेपाल भ्रमणमा आएका आईओसीका मुख्य प्रबन्धक पीपी उकियाल र बजार व्यापार विकाससम्बन्धी उपमहाप्रबन्धक सौमित्र सेनले निगमका कार्यकारी निर्देशक गोपाल खड्कासँग संयुक्त रुपमा वार्ता गरी नेपालले मागअनुसार इन्धन दिने आश्वासन दिएका छन्।

निगम स्रोतका अनुसार सोमबार आईओसी र एनओसीका अधिकारीबीच अबेर रातिसम्म द्विपक्षीय वार्ता र छलफल भएको थियो ।

‘राति अबेरसम्म द्विपक्षीय वार्ता भयो,’ निगम स्रोतले भन्यो,‘वार्ताको क्रममा आईओसीले मागेको परिमाणमा इन्धन उपलब्ध गराउन आफूहरु तयार रहेको प्रतिबद्धता जनाएका थिए।’

स्रोतका अनुसार एनअोसीले द्विपक्षीय व्यापार सम्झौता अनुसार नेपालले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि अार्इओसीले निगमको मागअनुसार इन्धन उपलब्ध गराउन नसक्दा नेपाली बजारमा इन्धनको ठूलो अभाव खड्किएको र उपभोक्तामाझ निगम आलोचनाको पात्र बनेको भन्दै बेलिविस्तार लगाएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।