१ कार्तिक २०८३, शनिबार

म्यानमारकी विदेशमन्त्री सुकीले चिनियाँ विदेशमन्त्री भेट्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Wang-Yi-and-Suu-Kyi

याङ्गोन, २३ चैत । म्यानमारका नवनियुक्त विदेशमन्त्री आङ सान सुकीले मङ्गलबार चिनियाँ विदेशमन्त्रीसमक्ष भेटवार्ता गर्नुहुने भएको छ ।

मङ्गलबार नेपिद्वमा उहाँहरुबीच भेटवार्ता हुने समाचारमा जनाइएको छ । उहाँले विदेशमन्त्रालय सम्हालेपछिको यो पहिलो विदेशी विदेशमन्त्रीसँगको भेट हो ।

चीन म्यानमारको सबैभन्दा ठूलो व्यापारिक साझेदार देश हो । बेइजिङले म्यानमारमा धेरै ठूला आयोजनाहरु सञ्चालन गरिरहेको छ ।

म्यानमारको नयाँ सरकारले यही मार्च ३० देखि आफ्नो कार्यभार सुरु गरेको हो । सो दिनदेखि नै नयाँ सरकारले आर्थिक चुनौतीसम्बन्धी आलोचनाहरु सहदै आएको छ ।

यसैबीचमा नयाँ सरकारले आफ्नै सबैभन्दा ठूलो आर्थिक साझेदारसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । विदेशमन्त्रालयको पद सम्हालेपछि नै उहाँले चिनियाँ विदेशमन्त्रीलाई वार्ताका लागि म्यानमार बोलाउनुभएको थियो ।

उहाँको आमन्त्रणमा म्यानमार पुग्नुभएका वाङ यिसँग मङ्गलबार विदेशममन्त्री सुकीले वार्ता गर्नुहुने बताइएको छ ।

चिनियाँ विदेशमन्त्रालयले भनेको छ- हाम्रा विदेशमन्त्री र चिनियाँ विदेशमन्त्रीले मङ्गलबार राजधानी नेपिद्वमा भेटवार्ता गर्नुहुने छ ।

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई सन् २०१४ मा चीन सरकारले नै आमन्त्रण गरेको थियो । त्यस क्रममा उहाँहरुबीच भेटवार्ता भएको थियो ।

म्यानमारमा भएको दु्रत राजनीतिक परिवर्तनका विषयमा बुझ्नका लागि चीनले उहाँलाई भ्रमणका लागि बोलाउनुभएको थियो ।

म्यानमारमा कैयौं दशकको सैनिक सरकारपछि हालैमात्र नयाँ गैर सैनिक सरकार निर्माण भएको छ । गत नोभेम्बरमा भएको आम निर्वाचनमा सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीले प्रचण्ड बहुमत ल्याई नयाँ सरकार निर्माण गरेको हो । रासस÷एएफपी