२९ आश्विन २०८३, बिहिबार

बोल्नेलाई भन्दा सोध्नेलाई सास्ती, किन चुक्दैछ राज्य ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेखक

लोकतन्त्र छाडातन्त्र पक्कै होइन । स्वतन्त्रताका नाममा स्वच्छचारिता कदापि लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन । लोकतन्त्रको मुलभूत आधारतत्वको रुपमा रहेको स्वतन्त्रतालाई अतिरञ्जित गरेर बुझिनु वा त्यसलाई व्यवहारतः दुरुपयोग गरिनु किमार्थ सह्य ठहर्दैन । वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका नाममा लोकतन्त्रमा स्वेच्छारिता पनि पक्कै स्वीकार्य हुन सक्दैन र हुनु हुँदैन यसमा दुई मत पक्कै रहँदैन र रहनु पनि हुँदैन ।

अर्कोतर्फ लोकतन्त्र वा लोकतान्त्रिक शासन व्यवस्था भनेको देशसँग जोडिने विषय हो । देशसँग सरोकार राखेर लोकतन्त्रलाई परिभाषित गरिनु पर्दछ । गोल मोडलमा यसलाई बुझिँदा कतै त्यो खुलातन्त्रको रुपमा मात्रै बुझिने त होइन ? भन्ने डर पनि उत्तिकै रहन्छ । देशभन्दा माथि लोकतन्त्र या अरु कुनैतन्त्र हुन सक्दैन । स्वतन्त्रताका नाममा राष्ट्रियतालाई कुल्चने अधिकार कोही कसैलाई रहँदैन । लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक अभ्यास त्यो देशभित्रैको कानुनी संरचनाभित्र रहेर उपयोग गरिनुपर्दछ । राष्ट्रलाई हानी पुग्ने कुनै पनि गतिविधि लोकतन्त्रको नाममा स्वीकार्य हुन सक्दैन । तर विडम्वना नेपालमा पछिल्लो केही समयदेखि राष्ट्रलाई हानी पुग्ने गतिविधि बढिरहेको छ । लोकतन्त्रको नाममा यसलाई राष्ट्रिय अखण्डतामा आँच आउने गरी दुरुपयोग गर्ने हुर्मत भइरहेको छ ।

पछिल्ला केही महिना यता सिके राउतले अलग मधेस बनाउने भन्दै अभियान नै सञ्चालन गरिरहेका छन् । उनी खुल्लम खुल्ला रुपमा त्यसको वकालत गर्दै हिँडिरहेका छन् । डाक्टरको उपाधि लिएका राउतका पछिल्ला क्रियाकलाप राष्ट्रलाई विखण्डनको दिशामा लग्ने खालको रहेको छ । उनले यसलाई मलजल हुने पुस्तक समेत प्रकाशन गरी वितरण गरिरहेका छन् । बेलायतको उपनिवेशमा इष्ट इण्डिया कम्पनी मातहत भारत उपनिवेश भएझैं मधेश (तराई) पनि नेपालको उपनिवेश हो भन्ने तर्क राउतले दिँदै आएका छन् । जो स्वतन्त्र रुपमा पुष्टि हुने कुनै आधार इतिहासमा देखिँदैन । वर्तमानमा समेत त्यो तर्कको कुनै सान्दर्भिकता छैन र रहनु पनि हुँदैन ।

नेपाल बाहिर तराई खोज्ने कार्य कदापी आन्दोलन हुन सक्दैन यो त केवल अखण्डतामाथिको प्रहार हो, जो नियन्त्रण हुनैपर्दछ । फेरि अर्को समुहको नाममा यस्तो उद्दण्डता नहोला भन्न कहाँ सकिन्छ र ? हुँदा हुँदा बाइसे र चौबीसे राज्यको रुपमै कुरा आउन थाल्यो भने के गर्ने ?

 

पछिल्ला केही समययता समय समयमा राउतको चर्चा हँुदै आएको छ । कहिले पक्राउ पर्ने र कहिले छुट्ने गरी उनको चर्चासमेत बढ्दै गएको छ । कहिले घरभित्रै निगरानी राखिएका त कहिले भारतीय भूमिमा गएर नेपाल टुक्र्याउने अभिव्यक्ति दिएर राउतको किस्सा नेपालमा गरमागरम भइरहेको देखिन्छ । स्वतन्त्र मधेस अभियानको नाममा लडाकु दस्ता समेत बनाइरहेको खुल्लम खुल्ला भन्न पनि उनी हिच्किचाइरहेका छैनन् । लाग्छ यो देशमा कानुन छैन । नेपालको संविधान राष्ट्रियता र राष्ट्रिय अखण्डतामा आँच पु¥याउने कुनै पनि क्रियाकलापप्रति मौन जस्तै छ । के जुन देशमा रह्यो त्यही देशको स्वाधिनता र अखण्डतामाथि धावा बोल्नेलाई केही गर्न सक्ने आधार संविधानले दिएको छैन त ? के देशमा कानुनी व्यवस्था प्रभावकारी छैन त ? के कारवाही गर्न सकिने आधार छैन या झन् यसो गरिँदा समस्या बल्झिने खतरा देखेर नगरिएको हो ? यदि यसो हो भनेर नियन्त्रण नगर्ने हो भने समस्या झन् विकराल बन्ने निश्चित छ ।

देशको अखण्डतामा धावा बोल्दै देश टुक्राउने अभिव्यक्ति दिने र त्यसलाई मलजल पुग्ने क्रियाकलापलाई तत्काल नियन्त्रण गर्नु जरुरी छ । नागरिकता खारेज गरी राजद्रोहको मुद्दा लगाएर देश निकाला गर्न पनि पछि पर्नु हुँदैन । मधेस वा तराईमा तमाम समस्या छन्, तराईवासी हामी विभिन्न कोणवाट पीडित छौं । तराईमा विभेद छ यी तमाम समस्याको समाधान गरिनुपर्छ । नेपालभित्र तराई खोज्ने हो नेपाल वाहिर तराई खोज्ने कार्य कदापी स्वीकार्य हुन सक्दैन र हुन पनि हुँदैन । नेपाल वाहिर तराई खोज्ने कार्य कदापी आन्दोलन हुन सक्दैन । यो त केवल अखण्डतामाथिको प्रहार हो, जो नियन्त्रण हुनै पर्छ ।

व्यक्ति विशेषलाई हेरेर होइन देशको अखण्डतामाथि प्रहार गर्ने जो सुकै भए पनि त्यो दण्डको भागिदार हुनैपर्दछ । अहिले केही गर्दा एउटा समुहले केही गर्ला कि भनेर चुप लाग्दा भोलि यो नजिर बन्न सक्दछ । फेरि अर्को समुहको नाममा यस्तो उद्दण्डता नहोला भन्न कहाँ सकिन्छ र ? फेरि हुँदाहँुदा बाइसे र चौबीसे राज्यको रुपमै कुरा आउन थाल्यो भने के गर्ने ? तसर्थ राष्ट्रिय एकता र अखण्डताको सवालमा कठोर बन्नैपर्दछ ।

के जुन देशमा रह्यो त्यही देशको स्वाधिनता र अखण्डतामाथि धावा बोल्नेलाई केही गर्न सक्ने आधार संविधानले दिएको छैन त ? के देशमा कानुनी व्यवस्था प्रभावकारी छैन त ? के कारवाही गर्न सकिने आधार छैन या झन् यसो गरिँदा समस्या बल्झिने खतरा देखेर नगरिएको हो ? यदि यसो हो भनेर नियन्त्रण नगर्ने हो भने समस्या झन् विकराल बन्ने निश्चित छ ।

प्रसंग बदलौं देशको अखण्डतामाथि धावा बोलिरहने व्यक्ति खुल्ला हिडिँरहदा र सार्वजनिक रुपमै देशको अखण्डतामा आँच आउने अभिव्यक्ति दिइरहँदा केही गर्न नसकिएको अवस्थामा ती व्यक्तिको अन्तर्वार्ता एक टेलिभिजनमार्फत प्रसारण भएपछि अहिले त्यसको पक्ष विपक्षमा मत बाडिएका छन् । स्वतन्त्र प्रेसले सबैका अभिव्यक्ति जनतामा लैजाने अधिकार राख्दछ भन्ने एकातर्फ मत देखिन्छ भने अर्कोतर्फ अखण्डतामाथि धावा वोल्ने व्यक्तिलाई ल्याएर उसका विचार प्रसारण गर्नु आचारसंहिता विपरितको कार्य भएकाले यसलाई समान्य रुपमा लिन नसकिने मत देखिन्छ । नेपाली प्रेसको नियमनकारी निकायले उक्त मिडियामाथि कारबाही प्रक्रियासमेत अघि बढाएको अवस्था छ । मिडियाले ती व्यक्तिलाई स्थान दिनु हुँदैनथ्यो भन्ने तर्क अहिलेको अवस्थामा सिके राउतको सन्र्दभमा सही देखिँदैन । यदि उनी विखनण्डनकारी नै हुन् भने सरकार किन चुप वसेको छ ? यदि उनको क्रियाकलाप त्यस्तो देखिएको छ भने सरकार किन नियन्त्रण गर्न सक्दैन ? उनलाई खुल्ला रुपमा वोल्न छुट दिइरहँदा मिडियालाई उनलाई अवसर दियो भन्नु तर्कपूर्ण रहँदैन । प्रेस काउन्सिलको आचारसंहिताले त्यो गर्न छुट दिँदैन । यसमा दुइ मत छैन तर मिडियाले विखण्डनकारी नै हुन् भनेर राष्ट्रद्रोहको मुद्दा लगाएकालाई स्थान दिएको त होइन नि ? राउतलाई दिइएको छुट र मिडियाले उनलाई स्थान दिँदा भएको टिप्पणी निकै विरोधाभाषपूर्ण रहेको छ । सरकारले मुख्य व्यक्तिलाई खुल्ला गरिदिएर मिडियालाई आचारसंहिता लगाएर मात्र कहाँ हुन्छ र ? अहिलेको डिजिटल पत्रकारिताको समयमा आफ्ना कुरा राख्ने ठाउँ अनेक छन्, राउतलाई आज त्यो मिडियाले स्थान दियो । नदिएको भए अर्को मिडियामा जान्थे नेपाल भित्रको मिडियाले ठाउँ नदिए छिमेकको मिडिया धाउँथे र धाइरहेका छन् त्यसले पनि नभए आफैं अनलाइन खोलेर भए पनि विचार राख्थे कतिपय अनलाइनवाट राखेकै छन् । तसर्थ आचारसंंहिताले रोकेको छ यसमा अर्को अर्थ लगाइरहनु पर्दैन तर जरा खोज्ने कि पात खसालिरहने भन्ने कुरा अहम् हो । मिडियाले आफ्नो तर्फवाट टिप्पणी गर्नु बान्छित हुन्छ तर को पात्र बोलाउने वा को पात्रसँग कुराकानी गर्ने भन्ने विषयलाई यसरी जोड्नु सही हुँदैन । घोषित रुपमा सरकारले विखण्डनकारी भनेर घोषित गरेको वा अदालतले पनि दोषी ठहर गरिसकेको भए कुरा वेग्लै हुने थियो ।

र अन्त्यमा, मिडियाले पनि सधैं र सबै सही मात्र गर्छन् भन्ने होइन । यदि कहिले चिप्लिएर गलत दिशामा मिडिया बग्न पुग्दा त्यसको असर सिंगो समाजमा पर्दछ । मिडिया युगिन समाजमा मिडियाको भुमिका निकै अर्थपूर्ण रहन्छ । सहीलाई सही र गलतलाई गलत भन्ने सामथ्र्य मिडियाले राखिरहँदा मात्र समाज र देश अनि सिंगो मिडियाको आधार क्षेत्र सही दिशामा अघि बढ्न सक्दछ । तर विडम्वना साझा र निष्पक्ष विचार सम्प्रेषण गर्ने अभिभारामा मिडिया चुक्दा समय समयमा देशमा गलत दिशामा वहस पनि भएको पाइन्छ । बहुरुपी समाजमा मिडियाको मुल मन्त्र छाडेर नियोजित व्यक्ति, जात, धर्म, सम्प्रदायको पक्षमा मात्रै वकालत गर्न रुचाउने र तिनीहरुले गरेको कुरा र गतिविधिनै सही ठान्ने मिडियाको पनि कमी छैन । यसो भैदिँदा देशमा मिडिया वार हुन सक्दछ, जो अन्ततः देशकै निम्ति खतरा मात्र होइन मिडियाप्रति समाजको बुझाइमा पनि ठूलो खाडल पैदा गर्दछ । यसो हुन नदिनका लागि सभ्य, जनउत्तरदायी र देशप्रति जिम्मेवार पत्रकारिता गराइरहन स्वतन्त्र ढंगबाट मिडियाहरुको नियमन, अनुगमन र पथप्रर्दशन गरिनु पनि उत्तिकै जरुरी छ ।