३० आश्विन २०८३, शुक्रबार

दुर्घटनामा परि मुम्बईमा एक नेपालीको ज्यान गयो, एक घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binod-Bistaमुम्बई, २३ चैत । भारतको मुम्बईमा मोटरसाइकल दुर्घटनामा परि एक नेपाली युवकको मृत्यु भएको छ भने त्यसैमा सवार अर्का एक घाइते भएका छन् ।

मिरारोडदेखि मलाडमा जाँदै गरेका अन्दाजी २४ वर्षिय विनोद विष्टको मृत्यु भएको मुम्बईबाट हाम्रा समाचारदाता शेरबहादुर थापाले जानकारी दिएका छन् ।

दुर्घटनामा विष्टका साथी जुपु खिमाडा अछाम घर भएका राम भण्डारी घाइते भएका छन् । उनको अहिले मुम्बइको केइएम अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ ।

नेपालको अछाम जिल्लाको वान्नातोली गाविस वार्ड नं ४ बस्ने, हाल मिरारोडमा सेक्युरीटी गार्डको काम गर्दै आएका विष्टले चलाइरहेको मोटरसाइकल राति १२ बजेतिर कादिवली पूर्व स्थित टाइम्स अफ इण्डियाको प्रेस नजिकै अनियन्त्रित हुँदै सडकको डिवाइडरमा ठोकिएको थियो ।

लगत्तै उनलाई मलाड प्रहरीले कामा अस्पतालमा उपचारार्थ भर्ना गरेको थियो । समाजसेवी केशर रावल तथा उनका आफन्तजनले त्यहाँबाट काँदीवली स्थित अपेक्स हस्पिटलमा लगेर उपचार गराइरहेका थिए ।

त्यहाँ उपचार भइरहदा उनको निधन भएको थियो । मृतकको शवलाई पोस्टमार्टम गरेर आजै अन्त्येष्टि गरिने समाजसेवी रावलले बताए ।