२९ आश्विन २०८३, बिहिबार

अब भारतीय कांग्रेस भन्दा के फरक पर्ला र ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Abinash-Budhathokiभौगोलिक रुपले नेपालभन्दा २२ गुणा ठूलो भए पनि भारतमा कुनै समय बेलायती साम्राज्यवादीहरूले सासन गरिरहँदा नेपाल आफ्नै स्वतन्त्रतामा रमिरहेको थियो । आज नेपाल अर्धविकसित र भूपरिवेष्ठित राष्ट्र भए पनि स्वतन्त्र र प्रजातान्त्रिक मुलुकको नाममा संसारमा उदाउँदैछ । नेपालको भूगोल, जलस्रोतलगायत स्रोत र साधनले गर्दा संसारको आँखामा पर्ने गरेको छ । वीर गोर्खेको नाममा संसारमा चिर परिचित हामी नेपालीको छुट्टै कद छ । भारत आफूले आफूलाई खुबै समृद्ध र विकसित सम्झिन्छ । जसको जनसंख्याको प्रत्येक १ हजार ५ जनामध्ये १ सय ५५ जना सडकमा हात पसारेर बसेका छन् भने २ सय ५ जनसंख्या गरिबी, अशिक्षित र धार्मिक अन्धविश्वासमा झेल्लिँदैछन् । संसारमा सबैभन्दा बढी महिला बलात्कृत हुने देश भारत नै हो । दैनिक ३ हजारभन्दा बढी महिला शारीरिक हिंसामा पर्ने गरेका छन् ।

नेपाल र भारतबीच हिजो पनि मैत्रीपूर्ण सम्बन्ध थिएन र आज पनि छैन । नेपालको हरेक शासकीय स्वरुप परिवर्तित आन्दोलनमा भारतको सहयोग रहेको भए पनि भारतले आफ्नो स्वार्थका लागि मात्र नेपाललाई सहयोग गर्दै आयो । पछिल्लो समय जनयुद्धबाट १० वर्षसम्म नेपालमा आतंक फैलिरह्यो । २०६२/२०६३ को जनआन्दोलनबाट २४० बर्षीय निरंकुस शाही सत्ता जनसागरले फालेर लोकतन्त्रको जगमा गणतन्त्र स्थापित भयो । जनताको युगान्त सपना संविधानसभाबाट जनताका प्रतिनिधिमार्फत् जनताले भनेकै जस्तो राज्य ब्यवस्थाका लागि कानुन निर्माण गर्ने सौभाग्य प्राप्त भयो । पहिलो संविधानसभाले संविधान घोषणा गर्न सक्थ्यो तर भारतीय दबावका कारण तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले पहिलो संविधानसभालाई गर्भमै तुहाईदिए । दोस्रो संविधानसभाले नेपालको आवश्यकताका लागि प्रमुख तीन दललाई एकताका लागि सुत्रमा बाँध्यो । जसमा प्रमुख भूमिका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रह्यो । विभिन्न बाधा, अड्चनलाई चिर्दै केपी शर्मा ओलीको चट्टानी अडानकै कारण तीन दलको संयुक्त प्रयासबाट नेपाली जनताको युगान्तिक सपना संविधानसभाबाट संविधान बनाउन सफल भए पनि भारतको नुन र पिठोमा राजनीति गर्दै आएको नेपाली कांग्रेसले कथित मधेस आन्दोलनलाई समर्थन गर्दै तीन दलबीचको भएको भद्र सहमति तोड्यो ।

हेर वीपी तिम्रो कांग्रेसका नेताले पक्कि घर पनि भुलेर महल हेर्दैछन्, गरिब र भूकम्प प्रभावितका लागि आएका आर्थिक सहयोगले गाडी कुदाए, जस्तापातासम्म बाँकी राखेनन् । यतिले मात्र नपुगेर तिम्रो कांग्रेसले आज दलालीको उदाङ्गो रूप लिएरै ह्वाँगै बनि भारतको एजेन्ट बनिरहेको छ । अब तिमीले जन्माएको नेपाली कांग्रेस भारतीय कांग्रेसमा विलय हुँदैछ ।

व्यवस्थापिका संसद्मा प्रधानमन्त्री छनोटका लागि निर्वाचन हुँदै गर्दा नेपाली कांग्रेसको असली रूप नेपाली जनता माझ उदाङ्गो भएको थियो । संविधान निर्माणमा सकारात्मक भूमिका खेलेका स्व. सुशील कोइरालाको रहस्यमय मृत्युमा भारतीय ‘रअ’को हात रहेको थियो भन्ने जनमानसको आवाज आज पनि यथावतै छ । मुलुकको महत्वपूर्ण व्यक्ति बिरामी हुँदा अस्पतालको मुख देख्न नपाउनु, सिरकमा रगत देखा पर्नु, शौचालयमा लडेको बहानाबाजी गर्दैगर्दा निधारमा गम्भीर चोट देखा पर्नु रमस्यमय मात्र बनेन् नेपाली जनतालाई घटनाप्रति थप शंका उत्पन्न गराउने एउटा भरपर्दो आधार बन्यो ।

नेपालमा कम्युनिस्टको आगमनले साम्यवादी समाजसँगै समृद्ध देश निर्माणका लागि माक्र्सवाद र लेलिनवाद मै केन्द्रित रहि जनताको बहुदलीय जनवादको सामाजिक सैद्धान्तिक आधार खडा गरी जनताबीच चेतना जगाएर नेपालको उत्पादकत्व बढाउन गरिएका विभिन्न संघर्षबाट अतालिएर साम्राज्यवादी अमेरिका र युरोपियन यूनियनसंग मिलेर भारतले कम्युनिस्टको अन्त्य गराउन जननेता मदन भण्डारीको हत्या ग¥यो । निरंकुस राज्यका शासक भए पनि जनप्रेमी तथा राष्ट्रप्रेमि वीरेन्द्र परिवारको हत्याकाण्ड गराउन पछि नपर्ने साम्राज्यवादी र विस्तारवादीहरूले सुशील कोइरालाको हत्या गरेका होइनन् भन्न सकिँदैन । कोइराला परिवारले भारतका लागि धेरै गरे । जे भने पनि ‘एस बोस्’ भनिरहे तर पछिल्लो समय संविधान घोषणाको विषयमा अटेरी गर्नाले भारतले नेपाली कांग्रेसभित्र कोइराला खान्दानको अन्त्य गरि छोड्यो ।

नेपाल स्वतन्त्र, सार्वभौम र भूपरिवेष्ठित राष्ट्र हो । विना कारण नेपाली जनताले आफ्नो संविधान बनाएकै भरमा भारतले नेपालमाथि नाकाबन्दी लगाएर जेनेभा सन्धिको उल्लंघन ग¥यो । भारतको नाकाबन्दीको ‘न’ पनि उच्चारण गर्ने नसक्ने नेपाली कांग्रेसले बारम्बार नाकाबन्दी छैन भन्यो तर प्रधानमन्त्री केपी ओलीले पत्रकार सम्मेलन गरेरै भारतप्रति प्रश्न गरे, अनि नाकाबन्द लगाउनुको कारण सोधे ।

नेपाली कांग्रेसकै महाधिवेशन हुँदै गर्दा प्रधानमन्त्रीले एमाले पार्टी अध्यक्षको रूपमा कांग्रेसलाई नैतिकताको पाठ सिकाए भने प्रचण्डले भारतका राजनीतिक दललाई नाकाबन्द लगाउनुको कारण सोधिरहे तर नेपाली कांग्रेस जो सबैभन्दा धेरै राष्ट्रियताको भाषण गर्छ उसैले राष्ट्रिय गान बजाउन भुल्यो । वीर सहिद र सुशील कोइरालाहरू भुल्यो, भारतबाट आएका केही दलका नेतालाई विमानस्थलमै खुट्टा ढोग्न पुग्यो तर जसले परिमार्जन गरेका समाजवादलाई आज बेचेर दलाली गरिरहेको छ उसले संस्थापक नै भुल्यो । लाग्छ वीपीको समाजवाद वीपीसँगै धर्तीबाट बिदा भइसकेछ ।

विभिन्न दलले पटक पटक विरोध जनाइराख्दा मेरो देशको पहिलो र पुरानो दलले नेपाली जनताको सार्वभौम र स्वतन्त्रता माथिको प्रहारमा समर्थन गरिरहेको छ । यही हो नेपाली जनताको राष्ट्रियता । अब कहिलेसम्म के का लागि दलाली गर्छौ कांग्रेस ? बरू नेपाली कांग्रेसबाट नेपाली हटाएर भारतीय कांग्रेस बनाउ ।

हे बिपी !

म कांग्रेस होइन तर तिमीले परिमार्जन गरेको समाजवादलाई समर्थन गर्छु । तिमीले भनेका थियौ तिम्रा कार्यकर्तालाई ‘नीति र योजना बनाउँदा गरिबका झुपडी हेरेर बनाउनु’ । तर हेर वीपी तिम्रो कांग्रेसका नेताले पक्कि घर पनि भुलेर महल हेर्दैछन्, गरिब र भूकम्प प्रभावितका लागि आएका आर्थिक सहयोगले गाडी कुदाए, जस्तापातासम्म बाँकी राखेनन् । यतिले मात्र नपुगेर तिम्रो कांग्रेसले आज दलालीको उदाङ्गो रूप लिएरै ह्वाँगै बनि भारतको एजेन्ट बनिरहेको छ । अब तिमीले जन्माएको नेपाली कांग्रेस भारतीय कांग्रेसमा विलय हुँदैछ ।

नेपालमा अस्थिरता पैदा गरि विश्वमा शक्तिशालीको रूपमा उदाउँदै गरेको चीनलाई रोक्न साम्राज्यवादीहरूले नेपालमा आँखा लगाएका छन् । भारत चीनलाई देखि सक्दैन तर सिधा नजर पनि लगाउन सक्दैन र पो साम्राज्यवादी अमेरिका र युरोपियन यूनियनसँग मिलेर नेपालको स्वाभिमान, सार्वभौम अधिकार माथि धावा बोल्दैछ । सन् २००४ मा अमेरिकासँग परमाणु सम्झौता गरी चीनलाई तर्साउन खोज्ने भारतले नेपालमा नैतिक हार बेहोरेपछि युरोपियन र भारतको १३ औं सम्मेलनपछि संयुक्त रूपमा विज्ञप्ति निकाल्दा अनावश्यक रूपमा नेपालको संवैधानिक मामिलामा बोलेर अन्तर्राष्ट्रिय कानुनको मुल्य र मान्यताको सिमा नाघेका छन् । नेपाल कसैको उपनिवेशमा रहेको प्रान्तिय राज्य नभई स्वतन्त्र र सार्वभौम राष्ट्र भएकाले उक्त संयुक्त वक्तव्य नेपालको लागि सामान्य प्रहार थिएन । तसर्थ ईंटको जवाफ पत्थरले दिँदै हाम्रा प्रधानमन्त्रीले उनीहरूलाई चेतावनी दिएर नेपालको स्वाभिमान उँचो बनाएका छन् । एमाओवादीलगायत विभिन्न दलले पटक पटक विरोध जनाइराख्दा मेरो देशको पहिलो र पुरानो दलले नेपाली जनताको सार्वभौम र स्वतन्त्रता माथिको प्रहारमा समर्थन गरिरहेको छ । यही हो नेपाली जनताको राष्ट्रियता । अब कहिलेसम्म के का लागि दलाली गर्छौ कांग्रेस ? बरू नेपाली कांग्रेसबाट नेपाली हटाएर भारतीय कांग्रेस बनाउ । यसैमा छ तिमीहरूको शान र काम अनुसारको नाम ।

अहिले नेपाली कांग्रेस मात्र होइन विश्लेषक, मानव अधिकारकर्मी, पत्रकारको खोल ओडेर दलाली गर्ने जमात एकपछि अर्को गरी उदाङ्गिँदैछन् । अमेरिकी सरकारले जासुसीका लागि परिचालन गर्ने एनटिटिपी नामक संस्था नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित छ । यो संस्थाको संयोजक पद्मरत्न तुलाधर र उपसंयोजक दमननाथ ढुंगाना छन् । अन्तरिमकालमा यही संस्थाले सिफारिस गरेका आधारमा नेपालमा मन्त्रीहरु पनि भए । यो संस्था अमेरिकाको जासुसी गर्ने संस्था हो । अहिले पनि दमन त्यही संस्थाको निलो प्लेटको गाडी चढेर हिँड्ने गरेका छन् भने नेपालका केही सञ्चार माध्यमद्वारा राजनीतिक विश्लेषक र बरिष्ठ पत्रकारको उपनाम पाएका ‘रअ’का ऐजेन्ट मध्य भित्रकैका किशोर नेपालहरूको सक्कली रूप नेपाली जनताले चिन्ने मौका पनि पाए ।