१६ कार्तिक २०८३, सोमबार

एकै परिवारका तीन सदस्यसँग भेटियो बन्दुक, प्रहरी पुग्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatiyar-rifale

संखुवासभा, २३ चैत । संखुवासभामा भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् ।

खाँदबारी नगरपालिका–१२ साठिमुरे बस्ने ४४ वर्षीया लक्ष्मी श्रेष्ठ, ३२ वर्षीय बिनोद श्रेष्ठ र ५२ वर्षीय भक्तबहादुर श्रेष्ठलाई १/१ नाल घरेलु भरुवा बन्दुकसहित सोमबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विशेष सूचनाको आधारमा उनीहरुको घर खानतलासी गर्दा सबैको घरबाट उक्त भरुवा बन्दुक बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।