१ कार्तिक २०८३, शनिबार

श्रीलङ्काली प्रधानमन्त्रीको चीन भ्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

srilinka-Ranilबेइजिङ, २३ चैत । श्रीलङ्काली प्रधानमन्त्री रणिल विक्रमासिङ्घेले चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको छ । उहाँले यही अप्रिल ६ देखि ९ सम्म चीन भ्रमण गर्न लाग्नुभएको हो ।

चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा विक्रमसिङ्घे चीन भ्रमणका गर्न यही बुधबार जानुहुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ्ग लिले जानकारी दिनु भएको छ ।

श्रीलङ्काली ६७ बर्षीय प्रधानमन्त्री यस अघि पनि १९९३ देखि १९९४ सम्म, २००१ देखि २००४ सम्म र ुसन् २०१५ को जनवरीमा तेस्रो पटक श्रीलङ्काको प्रधानमन्त्री बन्नु भएको हो ।

चिनियाँ नेताहरू र विक्रमासिङ्घेबीच हुने वार्तामा द्विपक्षीय सम्बन्ध र दुबै देशबीचको साझा मुद्दाको विषयमा छलफल हुने पनि प्रवक्ताले बताउनुभएको छ ।

विक्रमसिङ्घेले यस अधि ६ पटक चीनको भ्रमण गरिसक्नु भएको छ । रासस/सिन्ह्वा