– अर्जुन खनाल
नयाँ दिल्ली । गास, बास र कपासको खोजिमा प्रदेशियका युवाहरुले प्रदेशबाटै आफ्नो खाजा खर्च कटौती गरेर अनलाइन मार्फत संस्था गठन गरि गुल्मी जिल्लामा पर्ने पिपलधारा गाविसमा एम्बुलेन्स हस्तान्तरण गरेका छन । यो सह्रानीय कार्य भारतमा बस्दै आएका प्रदेशी युवाहरूले गरेका हुन् ।
सदमुकाम तम्घासदेखि झण्डै २२ किलोमिटर पश्चिम रहेको पिपलधारा गाविसका युवाहरुको सक्रियतामा गाउँलेले एम्बुलेन्स पाएका छन्।
पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मी नामक संस्था मार्फत उनीहरुले विभिन्न देशबाट रकम जम्मा गरि विजया दशामीकै अवसर पारेर एम्बेलेन्स डेमो मर्फत हस्तान्तरण गरेका हुन् ।
लामो समयदेखि नाकाबन्दीको चपेटामा उक्त एम्बुलेन्स पनि बिरगंज नाकामा रोकिएको थियो । त्यो बेला हस्तान्तरण कार्यक्रम तय भैसकेको हुनाले विभिन्न देशहरुबाट संस्थाका पदाधिकारी पनि गैसकेको हुनाले डेमो मर्फत पिपलधारमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्दै सो संस्थाका महासचिव कृष्ण खनालले अव कुनै पनि गाउले दाजु भाई तथा दिदिवहिनीले तत्काल उपचार नपाएर मृत्यु भएको खवर सुन्न नपर्रोस भन्दै कामना पनि गरे ।
झण्डै ११ लाखको लागतमा गाउँमा एम्बुलेन्स भित्रिएको बताउदै संस्थाका अध्यक्ष कमल जिसीले आफुहरु परदेशमा रहेपनि गाउको
मायाले सताई रहने भन्दै त्यहि माया स्वरुप गाउका लागि एम्बुलेन्स खरिद गरिएको बताए ।
गाविसमा एम्बुलेन्सको महशुस गरेर समाजिक संजालमार्फत गाविसका युवाहरुले यो अभियानमा साथ दिएका हुन् ।















प्रतिक्रिया