– विजय थापा
वाशिंगटन डिसी । अमेरिका धेरै राज्यमा गुन्द्रुक आफै बनाउने नेपाली समुदाय पनि छ । मसौरा बनाउन बाया हातको खेल जस्तो भएको छ किनभने मसौरा बनाउन सबै जिनिस अमेरिकामा उपलब्ध हुन् थालेको छ ।
यस्तै गरि नेपाली सामान उपलब्ध गराउने उद्देश्यले अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोमा नेपालीहरुको लगानीमा नेपाली कोदो तथा फापरको पिठो तथा सिन्की समेत उपलब्ध गराउने गरि गत अप्रिल ३ तारिख किराना पसल खोलेका छन् ।
हिमालयन ग्रोसरी’ नामकरण गरिएको उक्त किराना पसलमा नेपाली, तिबेतियन ,भारतीय तथा दक्षिण एसियाली मुलकका सामानहरु राखिएको छ ।
उक्त हिमालयन ग्रोसरी नामक किरमा पसल पूण्य कार्की, किरण आचार्य, कंचन सुवेदी तथा पूस्कर रेग्मीले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् ।
क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को बाट नजिक रहेको सन पाब्लो शहरमा खाद्य सामाग्री बेच बिखन गर्ने पसल यो क्षेत्रको लागि पहिलो भएको छ ।
यस क्षेत्र वरपर नेपालीहरुको स्वामित्वमा रहेको चमेना गृह, इन्धन चौकी तथा अन्य पसल रहेको भएता पनि खाद्य सामग्री को पसल नरहेकोले यस क्षेत्रमा खोलिएको जानकारी पसल संचालक पूण्य कार्कीले दिएका छन् ।















प्रतिक्रिया