– केशब कंडेल
दोहा कतार । बसन्त फिल्मस् प्रा(लि) दोहा कतारले नेपाल लोक दोहोरी प्रतिष्ठानका द्वितीय उपाध्यक्ष लोक दोहोरी गायक विमलराज क्षत्रीर लोकदोहोरी गायिका कल्पना काफ्लेलाई सम्मान गरेको छ ।
पर्वत सेवा समाज कतारले आयोजना गरेको पर्वत सांस्कृतिक धमाका कार्यक्रमको लागि कतार आएकका कलाकारहरुलाई बसन्त फिल्मसले कतारमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
दोहाको होमल्याण्ड रेस्टुरेन्टमा आयोजित बिदाइ तथा सम्मान कार्यक्रमलाई बसन्त फिल्मस्का प्रबन्ध निर्देशक ईश्वर काफ्लेले सभापतित्व गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति कतारका सभापति बिमल सुवेदी रहेका थिए ।
बिशेष अतिथिहरुमा बसन्त फिल्मसकी प्रमुख सल्लाहकार माया केसी, गायिका जमुना राना मगर, तराई मधेस लोकतान्त्रिक पार्टी कतारका अध्यक्ष हुसेन खान, समाजसेवी चानक पोखरेल, समाजसेवी मो.मक्तदा रहेका थिए ।
कार्यक्रममा संगीतकार रेम के लामा, अर्घाखाची सेवा समाजका अध्यक्ष युवराज पाण्डे, पाल्पाली सेवा समाजका अध्यक्ष लिलम चीदी मगर, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था कतार शाखाका अध्यक्ष रमेश दर्नाल, दाङ देउखुरी सेवा समाजका का.वा.अध्यक्ष बसन्तराज पुरी, स्याङ्जा सहयोग समाजका उपाध्यक्ष अबु बकर अलि, पर्वत सेवा समाजका प्रमुख सल्लाहकार पूर्ण नेपाली, डाइरेक्टर नारायण ढुंगाना, नव प्रतिभा सांस्कृतिक परिवारका सल्लाहकार बलहरि राना, सु.प. सेवा समाज, कास्की आदर्श सेवा समाज, खस क्षत्री सेवा समाज, समाजसेवी केसब भुसाल, केदार भुसाल, दिल भटराई, ई.तारा आधिकारी, मोडेल सुमित्रा लामिछाने, राजेन्द्र काफ्ले तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु कलाकारलाई माया गर्ने व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।















प्रतिक्रिया