
काठमाडौं, २३ चैत । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब बिष्टलाई नेकपा (एमाले)ले नियुक्त गरेको हो । उनी एमाले सुनसरीका नेता पनि हुन् । अहिले युवा तथा खेलकुद मन्त्री पनि एमाले कै सत्यनारायण मण्डल छन् ।
एउटौ पार्टीका भएकाले यी दुईबीचको सम्बन्ध निकै राम्रो हुनुपर्ने हो । तर मन्त्री र सदस्यसचिवको समबन्ध भने निकै क्तितापूण छ । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।
सदस्यसचिव बिष्टको कार्यशैलीबाट मन्त्री मण्डल बिष्टबीचको समबन्ध झनै बिग्रिएको छ ।
कुरा पुरानै भए पनि रहस्य अहिले आएर खुलेको छ । गत पुसको पहिलो साता मन्त्रीलाई लिएर सदस्यसचिव बिष्ट पोखरा गएका थिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको कार्यक्रममा दुवैजनासँगै पोखरा गएका हुन् ।
होटलमा मन्त्री मण्डलले खेलकुद क्षेत्रको बारेमा बिष्टसँग छलफल गर्न खोजेका थिए ।
तर बिष्ट एक्कासि मोबाइल स्वीच आफ गरेर गायब भए । संयोग कस्तो भएछ भने मन्त्री बिष्ट झुक्किएर बिष्ट बसेको कोठाको ढोका खोल्न पुगेछन् । जहाँ सदस्यसचिव बिष्ट दुई युवतीसँग आपत्तिजनक अवस्थामा थिए ।
तत्कालै मनत्री मण्डलले उनलाई गाली गर्दै ढोकाबाटै फर्किए । यो कुरा मन्त्री मण्डलले कर्मचारीलाई सुनाए । बिष्टको हर्कतले आफू लज्जित भएको बताएका थिए ।
स्रोतका अनुसार अहिले मन्त्री मण्डल र सदस्यसचिव बिष्टबीच राम्रो बोलचाल छैन । राखेपामा एक अर्ब बजेट हुँदा पनि केही काम नगरेको र पार्टीलाई बदनाम हुने काम मात्र गरेको भन्दै मन्त्री मण्डल रुष्ट छन् ।
बिष्टलाई एमालेकै तत्कालीन खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नियुक्त गरेका हुन् । जुन विषयमा सुरुमै एमालेभित्र विवाद भएको थियो । पार्टीमा छलफल नगरी नियुक्त गरेको भन्दै उक्त नियुक्ति विवादमा तानिएको थियो ।
सोही प्रकरणमा तत्कालीन मन्त्री पौडेलको पद नै गएको थियो । नियुक्तिको प्रक्रिया नमिलेको भन्दै अख्तियारले उनलाई कारबाही गर्न सरकारलाई दिर्नेशन दिएपछि पौडेलले राजीनामा दिएका थिए । बिष्टले पनि पछि अदालतबाट मुद्दा जितेका थिए ।















प्रतिक्रिया