८ कार्तिक २०८३, आइतबार

कोरिया जान चाहनेका लागि यसरी आयो खुसीको अवसर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

South Koriyaकाठमाडौं, २३ चैत । यो वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कोरियन भाषा परीक्षाको आवेदन फर्म वैशाख १५ गतेदेखि ४ दिनसम्म खुल्ने भएको छ ।

सोमबार श्रम तथा रोजगारमन्त्री दीपक बोहराको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको कारोबार दैनिकले समाचार छापेको छ ।

भाष परीक्षाको आवेदन फर्म काठमाडौं उपत्यका र उपत्यकाबाहिर पाँच ठाउँबाट वितरण गर्ने भएको छ ।

काठमाडौं उपत्यकाबाहिर जनकपुर, डडेल्धुरा, धरान जनकपुर र पोखराबाट आवेदन फर्म लिइने ईपीएस कोरियाा शाखाले जनाएको छ ।

परीक्षा असार ४ र ५ गते पोखरा र काठमाडौंमा हुनेछ । एचआरडीले यस वर्ष छिटो परीक्षा गर्न लागेको हो ।

अघिल्लो वर्ष असोजमा परीक्षा हुँदै आएको थियो। भाषा परीक्षाको आवेदन ६० हजारभन्दा बढी वितरण हने अनुमान ईपीएस कोरिया शाखाको छ ।

ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले कोरियाको मानव संशाधन विकास (एचआरडी)ले गरेको प्रस्तावबमोजिम निर्देशन समितिले भाषा परीक्षा मितिन अनुमोदन गरेको जानकारी दिए ।