काठमाडौं, २३ चैत । द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा दिइएको जाहेरीअनुरुप मन्त्री अग्नि सापकोटामाथि मुद्दा नचलाइएको भन्दै पीडितका तर्फबाट दिइएको सुनुवाइ गर्न संवैधानिक इजलासमा पठाइएको छ ।
रिटमा सोमबार भएको सुनुवाइपछि न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।
अब यो विवाद प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले हेर्नेछ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
सापकोटा सूचना तथा सञ्चारमन्त्रीमा नियुक्त भएपछि २०६८ सालमा मृतक लामाकी पत्नी पूर्णीमायाले नैतिक र कानुनी प्रशन उब्जाउँदै सर्वोचकै परमादेशअनुरुप मुद्दा नचलाइको दाबी निवेदकको थियो ।
यस्तै सापकोटालाई मन्त्री पदबाट हटाउन माग गर्दै त्यतिबेला पत्रकार कनकमणि दीक्षितले पनि भन्नै रिट दायर गरेका थिए ।
दुवै रिटलाई सुनुवाइकालागि संबैधानिक इजलासमा पठाइएको हो ।
एमाले स्थानीय नेता रहेका लामाको माओवादी समूहबाट २०६१ सालमा अपहरणपछि एकमहिनासम्म बेपत्ता बनाएर हत्या गरिएको आरोप पीडित पक्षको छ । उक्त प्रकरणमा सापकोटालाई मुछिएको छ ।















प्रतिक्रिया