काठमाडौं, २२ चैत । हिमानी ट्रस्टका सचिव विजयालक्ष्मी राणाको निधन भएको छ ।
उहाँको सोमबार हृदयघातबाट निधन भएको महिला सञ्चार समूहले जानकारी दिएको छ । समाजसेवाका लागि पूर्व युवराज्ञी हिमाली शाहले सञ्चालन गरेको ट्रस्टमा राणाको अमूल्य योगदान छ ।
राणाको निधनपछि महिला सञ्चार समूहले श्रद्धाञ्जलि अर्पण गरेको छ ।
उसले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ- ‘छुटिनु र भेटिनु त के हो र संसारको रित हो ……!! हार्दिक श्रद्धाञ्जली दिज्यु !! हिमानी ट्रस्टका सचिब बरिस्ठ समाज सेवी, शिक्षासेबी बिजया लक्ष्मी राणाको हृदयघातबाट निधन भएको खबरले स्तब्ध बनायो । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा गहिरो समबेदना अर्पण गर्दछौं ।’













प्रतिक्रिया