उर्लाबारी (मोरङ), २२ चैत । कर्तव्य ज्यान मुद्दामा फरार इटहराका धनपति बाँस्कोटालाई प्रहरीले पक्राउ गरी आज काठमाडौं पठाएको छ ।
विसं २०७१ मङ्सिर २७ गते काठमाडाँै महानगरपालिका–७ का १९ वर्षीय आयुष गोर्खालीको हत्या अभियोगमा इटहरा–२ सोमबारे बस्ने ३३ वर्षीय विनोद भनेर चिनिने बाँस्कोटा पक्राउ परेका हुन् ।
प्रहरी चौकी इटहराका प्रहरी सहायक निरीक्षक केशव नेपालको नेतृत्व खटिएको टोलीले बाँस्कोटालाई उनकै घरबाट पक्राउ गरेको थियो ।
अभियुक्त बाँस्कोटालाई आज महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस












प्रतिक्रिया