१ कार्तिक २०८३, आइतबार

सुशासन र आर्थिक विकास सरकारको प्राथमिकता : गृहमन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ministry Basnetरत्ननगर (चितवन), २२ चैत । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सुशासन, सामाजिक न्याय र आर्थिक विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

चितवनको रत्ननगरमा भएको रत्ननगर उद्योग वाणिज्य संघको १७औं साधारणसभालाई आज सम्बोधन गर्दै गृहमन्त्री बस्नेतले सरकारको प्राथमिकताका विषयमा राष्ट्रिय एकता र सहमतिको खाँचो रहेको आँैल्याउनुभयो ।

गृहमन्त्री बस्नेतले ‘म र मेरो मान्छे भन्ने मानसिकताबाट मुक्त भयो भने सबै कुरा सम्भव छ, यस्तो मानसिकता नत्यागेसम्म विकास सम्भव छैन ।’ आर्थिक समृद्धिले शान्तिसुरक्षामा सहयोग गर्ने र शान्तिसुरक्षाले आर्थिक विकासमा सहयोग गर्ने उहाँको भनाइ थियो ।

‘पब्लिक प्राइभेट पार्टनरसिप’भन्दा बाहिर गएर आर्थिक विकास हुनै नसक्ने उहाँको तर्क थियो । देशमा विगतमा देखिएका असहज परिस्थितिले आर्थिक विकासमा ठूलो नोक्सान गरेको स्मरण गर्दै मन्त्री बस्नेतले भन्नुभयो– ‘अब इन्धन अभावमा एक घन्टा पनि लाममा बस्नु नपर्ने ग्यारेन्टी सरकारले दिन्छ ।’

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सबै क्षेत्र मिलेर आर्थिक विकासको अभियान थाल्नुपर्ने बताउनुभयो ।

पूर्वशान्तिमन्त्री सत्या पहाडीले अबको बाटो आर्थिक विकासकै भएको बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले स्थानीय निकायको निर्वाचन गरेर विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरालको अध्यक्षतामा भएको कार्यक्रममा २०६४ सालमा चितवनको परेवाकोटमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका तीनजना पत्रकारलाई सम्मान गरिएको थियो । यसरी सम्मान पाउनेमा पत्रकारहरु दीपेन्द्र बडुवाल, प्रकाशबाबु खनाल र प्रकाश ज्ञवाली हुनुहुन्छ । रासस