काठमाडौं, २२ चैत । काठमाडौं महानगरपालिकाले विभिन्न ४० पदमा दरखास्त आव्हान गरेको छ ।
सोमबार पदपूर्तिको सार्वजनिक सूचना प्रकाशित गर्दै महानगरपालिकाले नायब सुब्बा र खरिदारका विभिन्न तहमा दरखास्त आवेदन मागेको हो ।
सूचनाअनुसार प्रशासनमा नायब सुब्बा स्तरको पाँचौं तहमा ७, लेखापाल सहायक स्तरका पाँचौं तह सरहका प्रशासनमा ३, खरिदार वा सो सरहका सहायक स्तरका चौंथो तह प्रशासन समूहमा २५ र सहलेखापाल चौँथो तह प्रशासनमा ५ पदमा महानगरपालिकाले जागिर खुलाएको छ । यसका साथै अन्य विभिन्न पदमा पनि आवेदन माग गरिएको छ ।
वैशाख २१ गतेसम्म आवेदन भर्न सकिने गरी खुलाइएको जागिरमा ३ चरणमा परीक्षा लिइने जनाइएको छ ।

















प्रतिक्रिया