काठमाडौं, २२ चैत । नेपाली सेनाले जलविद्युतमा लगानी गर्न प्रस्ताव अघि बढाएपछि नेपाल प्रहरीले पनि त्यस्तै लगानीका लागि सवा अर्ब उठाउने तयारी गरेको छ ।
कल्याणकारी कोषले जलविद्युत क्षेत्रमा लगानी गर्नेभन्दै प्रहरी जवानसँग प्रहरीले पैसा उठाउन लागिएको हो । तरुण साप्ताहिकले समचार छापेको छ ।
नेपाल जलविद्युत लगानी तथा विकास कम्पनीसँगको सहकार्यमा कुल लगानीको एक अबै १४ करोड नेपाल प्रहरीका बहालवाला तथा पूर्वप्रहरीहरूको सेयर रहने गरी लगानी गर्ने तयारी भएको हो ।
नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत बहालवाला तथा सेवा निवृत्त प्रहरी र्कमचारीका लागि सूचना जारी गर्दै नेपाल सरकारको ५१ प्रतिशत सेयर रहेका जलविद्युत परियोजनामा लगानी गर्ने बताइएको छ ।
त्यसका लागि इच्ुछक कर्मचारीहरू २०७३ वैशाखको पहलो हप्ताभित्र लगानी गर्न चाहेको रकमसहित खुलाएर कल्याणकोषमा विवरण पठाउनुपर्नेछ । तर कुन परियोजनाको हो ? त्यसको व्यवस्थापनले कसरी हुन्छ ? भन्नेबारे केही उल्लेख गरेको छैन ।















प्रतिक्रिया