भारतमा अंग्रेजी साम्राज्यको दबदबा बढ्न लागेपछि यस क्षेत्रका हिन्दुपति सेनवंशी राज्यहरु- मकवानपुर, पाल्पालगायत कास्की, बाइसी, चौबीसी, कान्तिपुर, ललितपुर, भक्तपुर आदि जस्ता स-साना स्वतन्त्र हिन्दु राज्यहरुलाई कब्जा गर्न खोजिरहेको अवस्थामा यो क्षेत्रका ५४ भन्दा बढी स-साना हिन्दुराज्यहरुलाई पृथ्वीनारायण शाहले मिलाएर विशाल नेपालको एकीकरण गरेर बनेको नेपाल हिन्दुअधिराज्य हो ।
नेपाल हिन्दु राष्ट्र पनि होइन र हिन्दु राज्य पनि होइन । नेपालको एकीकरण हुनुभन्दा अगाडि थुप्रै स्वतन्त्र हिन्दुराज्यहरु थिए । राष्ट्रिय एकीकरणमा यस क्षेत्रका सबै हिन्दुराज्यहरु विशाल नेपालमा एकीकृत भएपछि नेपाल स्वतः हिन्दुअधिराज्य बनेको हो । नेपाल हिन्दुअधिराज्य नै कायम हुनुपर्छ ।
२०६८ सालको जनगणनामा हिन्दुलाई अल्पमत बनाउन देशी विदेशी षडयन्त्रहरु अगाडि सारेर हिन्दुधर्म नलेखाउन चौतर्फी अनेकौं षडयन्त्र र दबाब गरे तापनि लगभग ८३ प्रतिशत हिन्दुहरुको संख्या देखियो । ॐकार परिवारभित्रका बौद्ध, किरात, जैन, शिखधर्म समेत हिसाब गर्दा ९६ प्रतिशतभन्दा बढी हामी ॐकार परिवार रहेको प्रमाणित भएको छ । यस्तो मुलुक पनि धर्मनिरपेक्ष रहनुपर्ने ? यो कस्तो अत्याचार हो ? अत्यधिक बहुमतमा रहेको हिन्दुअधिराज्य विस्थापित गर्ने कुरा हामी स्वाभिमानी नेपालीहरुको कदापि समर्थन हुने छैन । विश्वको एक मात्र हिन्दुअधिराज्यको अस्तित्व समाप्त गर्नेहरुले जुन बहस चलाइरहेका छन् त्यो तुरुन्तै रोकिनुपर्छ र धर्मनिरपेक्ष खारेज गरेर संविधानमा नेपाललाई हिन्दुअधिराज्य नै कायम गरिनुपर्छ ।
संविधान मस्यौदामा जनताको सुझाव संकलनमा नेपाल अधिराज्यभरिका जनताले ‘संविधानमा धर्मनिरपेक्ष खारेज गरेर हिन्दुअधिराज्य कायम गरियोस्’ भन्ने सुझाव आए । यसरी देशभरै नै जनताको जुलुस, विद्रोह देखेर कांग्रेस, एमाले, माओवादीहरु संविधानमा ‘धर्मनिरपेक्ष नराखेर धार्मिक स्वतन्त्रता राख्ने’ भन्न लागे। धर्मनिरपेक्षभन्दा झन् खतरा हो धार्मिक स्वतन्त्रता । जनतालाई भूलभलैया राखेर यो हिन्दुस्थल तथा बौद्धभूमिमा धार्मिक युद्ध गराएर नेपाललाई ध्वस्त बनाउने कांग्रेस, एमालेको सैतानी सोचाइ हो ।
कतिपय पार्टीका नेता र व्यक्तिहरु नेपाललाई हिन्दुराष्ट्र नै घोषित हुनुपर्छ भनेर संघर्षरत छन् । तर नेपाल हिन्दु राष्ट्र पनि होइन र हिन्दु राज्य पनि होइन । नेपालको एकीकरण हुनुभन्दा अगाडि थुप्रै स्वतन्त्र हिन्दुराज्यहरु थिए । राष्ट्रिय एकीकरणमा यस क्षेत्रका सबै हिन्दुराज्यहरु विशाल नेपालमा एकीकृत भएपछि नेपाल स्वतः हिन्दुअधिराज्य बनेको हो । नेपाल हिन्दुअधिराज्य नै कायम हुनुपर्छ ।















प्रतिक्रिया