१६ कार्तिक २०८३, सोमबार

जनावर मार्न थापेको पासोमा परेर आफ्नै ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanchanpur

भीमदत्तनगर, २१ चैत । जङ्गली जनावर मार्न पासो थापेका वेदकोट नगरपालिका–१ चम्फापुरका रोना रानाकोे आज बिहान करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चम्फापुरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष किनारमा स्थानीयवासीको खेतमा छाडेको बिजुलीको करेन्टसहितको पासोमा परी स्थानीयवासी ५० वर्षीया रानाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले राना आफैँले थापेको पासोमा परी घटनास्थलमा नै मृत्यु भएको हो । “यसअघि पनि वन्यजन्तु चोरी सिकारीमा रानाको मुद्दासमेत परेको थियो”, प्रवक्ता खनालले भन्नुभयो–“जनावर मार्नकै लागि पासो थापेका राना आफँै पासोमा परे ।” रानाको शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस