१६ कार्तिक २०८३, सोमबार

मोटरसाइकल चोर्ने सांसदका छोरा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siraha

लहान, २१ चैत । सिरहामा चोरीको मोटरसाइकलसहित एक जना सांसदका छोरा पक्राउ परेका छन् ।

फूल्कहाकट्टी ५ हाल धनगढीमाई नगरपालिकाका– २ का अभय यादवलाई स २ प २२८१ नम्बरको मोटरसाइकलसहित प्रहरीले बल्ही–४ बाट आइतबार पक्राउ गरेको हो ।

इलाका प्रहरी लहानका प्रमुख डीएसपी राजकुमार केसीले यादव सिरहा क्षेत्र– ४ बाट प्रत्यक्षमा निर्वाचित सांसद रामचन्द्र यादवका छोरा भएको जानकारी दिए ।

फागुन ३० गते लहान नगरपालिका–७ बाट चोरी भएको सरफराज अन्सारीको उक्त मोटरसाइकल बल्ही–४ मा चलाइरहेको अबस्थामा यादवलाई गोप्य सूचनाको आधारमा प्रहरीले टोलीले पक्राउ गरेको डीएसपीको केसीको भनाई छ ।