– भोबिन्द्र शाह
बाजुरा, २१ चैत । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा कालोबजारी र भ्रष्टाचारबिरुद्ध संयुक्त बिद्यार्थी संगठनहरुले नारा जुलुससहित बिरोध जनाएका छन ।
पछिल्लो समयमा कालोबजारी तथा भ्रष्टाचार बढ्दै गएको र यसमा स्थानिय प्रशासन देखि सम्बन्धित निकाय मौन बसीरहेको भन्दै यसका बिषयमा चासो नदेखाए कडा आन्दोलनमा जानुको बिकल्प नरहेको संयुक्त बिद्यार्थी संगठन बाजुराले जनाएको छ ।
कालोबजारी र महङगीका कारण सर्वसाधरणहरुले दुख पाइरहेको जिल्ला स्थित अनेरास्ववियु, नेबिसंघ, अनेरास्ववियु क्रान्तिकारी बिद्यार्थी संगठनले यी कुराहरुलाई तह नलायमा कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन ।
जुलसलाई सम्बोधन गर्दै अनेरास्ववियु क्रान्तिकारी राजेन्द्र बिकले आफ्नो पार्टी सरकारमा भएपनि नभएपनि यस्ता भ्रष्टाचार बिरुद्ध आफ्नो संगठन लागी रहने बताए ।
यस्तै निबिसंघका जिल्ला उपाध्यक्ष जनक थापाले अहिलेको सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाए ।
अनेरास्वबियु अनुसान केन्द्रिय बिभाग सदस्य कृष्ण बमले कालोबजारीको मुख्य दोषी स्थानीय प्रशासन रहेको र पटक पटक बजार अनुगमन नगरेकोर साथै जिल्ला शिक्षा कार्यालयले बिद्यार्थी पाठ्यपुस्तक देखि शैक्षिक क्षेत्रमा ब्यापक अनियमितता गरेको आरोप समेत लगाएका छन ।
कालोबजारी, महगीका साथै भष्ट्राचार लाइ अहिलेको सरकार तथा स्थानिय प्रशासनले चासो नदेखाएमा र साझा मागहरुलाइ सम्बोधन नगरिएमा साझा सवालमा बिद्यार्थीहरु एकजुट भइ कडा आन्दोलन समेत गर्नै चेतावनी संयुक्त बिद्यार्थी संगठन गर्ने बताएका छन । जुलुस बजार परिक्रमा गरि लोकतान्त्रिक चोकमा जम्मा भइ कोण सभाको आयोजना गरी सम्पन्न भएको छ ।












प्रतिक्रिया