– राजेन्द्र अवस्थी
महेन्द्रनगर, २१ चैत । ईलाका प्रहरी कार्यालय बेलौरीले कटुवा पेस्तोलसहित दुई युवाहरुलाई पक्राउ गरेको छ ।
शनिबार मध्यराति कलकत्ता बजारबाट बेलौरीतर्फ आउँदै गरेको से ४ प ७१५४ नम्बरको मोटरसाइकल चढेर आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक अत्तरिया नपा-१२ का २० बर्षीय सन्तोष राना र १९ बर्षीय घुम्मन राना रहेका छन् ।
राति चेकजाँचका क्रममा पेस्तोल फेला परेपछि महाकाली बहुमुखी क्याम्पस नजिकबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले बताए ।
उनीहरुलाई हतियार तथा खरखजाना ऐन अनुसार मुद्धा चलाइने बताउँदै खनालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।












प्रतिक्रिया