– कृष्ण ओझा
पाँचथर, २१ चैत । जिल्ला प्रहरी कार्यालय पाँचथरको अगुवाईमा फिदिम नगर बजारका ढल, नाली लगायत सरसफाईमा तीब्रता हुन थालेको छ ।
फिदिम बजारको देवकोटा चोकदेखि ठाडो बजारको दूवैपट्टीको ढल तथा नालाहरूमा अल्झिएका फोहोर मैलालाई निकालिएको छ । यो अभियानमा नगरपालिकाको सहयोगमा रहेको छ । फागुन १५ गतेदेखि नगर सरसफाई सुरु गरिएको डीएसपी कृष्णप्रसाद कोइरालाले बताएका छन् ।
नगरक्षेत्रमा हरेक शनिबार बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म सरसफाई अभियान गरिदै आएको छ ।
फिदिम नगरलई स्वच्छ र सुन्दर बनाई राख्नका लागि फिदिम नगरपालिकाको सहयोगमा सडक, ढल, नाला सफ गर्ने उदेश्यले साप्ताहिक रसफाई अभियान शुरु गरिएको हो ।













प्रतिक्रिया