१६ कार्तिक २०८३, सोमबार

प्रेस चौतारी सिन्धुलीमा पहाडी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-chautari-sindhupalchok

सिन्धुली, २० चैत । नेकपा एमाले निकट प्रेस चौतारी नेपाल सिन्धुली शाखाको अध्यक्षमा पोष्टराज पहाडी चयन भएका छन् ।

‘सम्बृद्ध नेपाल निमार्णका लागि सवाल श्रमजीवि पत्रकार, प्रेस स्वतन्त्रता र व्यवसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ भन्ने नारासहित सिन्धुलीमाढीमा सम्पन्न प्रेस चौतारी नेपाल सिन्धुली शाखाको छैटौ जिल्ला अधिवेशनले पहाडीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा विनय दाहाल, सचिवमा विदुर पौडेल, सह–सचिवमा नविनबाबु अधिकारी, कोषाध्यक्षमा चिना थापा लगायत अन्य सदस्य रहेका छन् । यस्तै, अधिवेशनले शंकर सौगात, सञ्जय दाहाल, द्धारीका काफ्ले, कृष्णहरी घिमिरे, लोकहरी आचार्य, चिना थापालाई केन्द्रिय प्रतिनिधि चयन गरेको छ ।

यसअघि अधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेकपा एमाले सिन्धुलीका अध्यक्ष प्रदिप कटुवाल, प्रचारविभाग प्रमुख तथा पार्टी उपाध्यक्ष प्रलाद पोख्रेल, उप–सचिव महेन्द्र देव श्रेष्ठ, प्रेस चौतारी नेपालकी केन्द्रिय सदस्य विमला पाण्डेले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नहुँदा पत्रकारहरु पत्रकारिता पेशाबाट विचलित हुनुपरेको भन्दै श्रेमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न र गराउनका लागि नेकपा एमालेमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै, उपसचिव महेन्द्रदेव श्रेष्ठले पत्रकारहरुले पत्रकारिताको धर्म, मर्म र भावना अनुसार नचले समाज रुपान्तरण सम्भव नभएको बताउँदै पत्रकारहरुलाई आवाज विहिनहरुको आबाज बन्न आग्रह गर्दै समाजका राम्रा र नराम्रा पक्षको यथार्थतामा कलम चलाउन आग्रह गरे । पत्रकारको जीवन निवार्हमा जटिलता देखिएको भन्दै पत्रकारहरुको हक हितमा राज्यले अख्तियारी गर्नुपर्ने बताए ।