काठमाडौं । तपाईंलाई थाहै होला, पुरुषबाट निस्कने वीर्यमै शुक्रकीट हुन्छन् । शुक्रकीटलाई कुनै क्षति नपुगोस् भन्ने उद्देश्यले वीर्यमा उचित पोषण वा वातावरण मिल्ने किसिमले पानी तथा अन्य रसायन हुन्छ ।
हाम्रो शरीरबाहिर शुक्रकीट कति समय बाँच्छ भन्ने कुरा आर्द्रता, तापक्रम, अम्लीयता अनि अन्य कतिपय वातावरणीय तत्त्वहरूमा भर पर्छ । सामान्य रूपमा शुक्रकीट बाह्य वातावरणमा आउनासाथ सुक्ने क्रम सुरु हुन्छ र सुख्खा वीर्यमा शुक्रकीट मर्छ ।
कपडामा वीर्य पर्दा त्यसको पानी अझ चाँडो सोसिन्छ र वीर्य सुक्ने क्रम थप तीव्र हुन्छ । कपडामा भएका अन्य तत्त्वको प्रभाव पनि शुक्रकीटमा नकारात्मक नै पर्छ ।
सामान्य अवस्थामा यस्तै २० मिनेटमा निष्क्रिय भैसके पनि निकै ओसिलो वा लपक्कै वीर्यले भिजेको स्थितिमा भने यस्तै ६० मिनेट सम्म बाँच्ने कुरा देखिएको छ ।
कतिपय स्थितिमा शुक्रकीट जीवित रहे पनि त्यसले डिम्ब निषेचन गर्न सक्ने क्षमता भने गुमाइसकेको हुन्छ ।
यहाँ प्रयोगशालामा चिस्याएर शुक्रकीटलाई जोगाएर राख्ने आधुनिक प्रविधिअन्तर्गत शुक्रकीट बाँच्ने कुरा गर्न सान्दर्भिक भएन ।















प्रतिक्रिया