काठमाडौं, २० चैत । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बुधवार पक्राउ परेका ३५ नेपालमध्ये ६ जनालाई जेल चलान गरेको छ ।
बाँकी २९ जनालाई १८ वर्षभन्दा कम उमेरको भन्दै त्यहाँको चाइल्ड लाइनमार्फत बाल सुधारगृहमा पठाएको बिहार पुलिसले शुक्रवार जनाएको छ ।
कारागार चलान गरिएका धनुषा पर्टेवा ६ का उपेन्द्र सदा, सुरज अधिकारी दनुवार, वडा नम्बर ५ का ज्ञान दनुवार, सिरहा बन्दीपुर १ का तपोलाल दनुवार, सिरहा बक्राहा ३ का सरिफ मियाँ र धनुषा सबैला ८ का बद्री सदा रहेको श्रीखण्डी भिट्ठास्थित बिहार पुलिसले जनाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
उनीहरुलाई एसएसबीको लिखित पत्रपछि मानव बेचबिखन कसुरमा सुरसन्ड थानामा ‘एफआईआर’ दर्ता गरी सीतामढी सदरमुकाम डुमरास्थित कारागार चलान गरिएको हो ।
श्रीखण्डी भिट्ठास्थित बिहार पुलिस प्रमुख मिहिर कुमारका अनुसार जेल चलान गरिएकामाथि अनुसन्धान गरी डुमरा कोर्टमा मुद्दा दर्ता हुनेछ ।















प्रतिक्रिया