८ कार्तिक २०८३, आइतबार

चीनसँग गरेको वाचा पुरा गर्दै सरकार, सीके राउतलाई ठेगान लाउन निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Home_ministry_nepal

काठमाडौं, १९ चैत । सरकारले देश विखण्डनको नारा लिएर हिँडेका सिके राउत र चीनविरोधी गतिविधि रोक्न मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सर्कुलर जारी गरेको छ ।

गृह मन्त्रालयले पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो । तिब्बती धर्मगुरु दलाई लामाका समर्थकले चीनविरोधी गतिविधि गर्नसक्ने आशंकामा गृह मन्त्रालयले त्यस्ता गतिविधि हुन नदिने सर्कुलर जारी गरेको हो ।

विशेष गरी बौद्ध स्तुपा र गुम्बा रहेको जिल्लामा गृहले विशेष रुपमा चनाखो हुन सम्बन्धित प्रशासनलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा पनि चीनले स्वतन्त्र तिब्बत गतिविधि हुन नदिन विशेष आग्रह गरेको थियो । उक्त आग्रह बमोजिक नेपालले कदम चालेको हो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।