अमेरिकी राष्ट्रपतिको उम्मदेवारीका निम्ति रिपब्लिकन पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोले एक वादविवादका क्रममा भने– ‘For the life of me I don’t know why we have stigmatized vocational education. Welders make more money than philosophers. We need more welders and less philosophers.’ ‘मैले जीवनभर नबुझेको कुरा केहो भने किन हामीले व्यवसायिक शिक्षालाई कलंकित गरेका छौं । वेल्डिङको काम गर्ने व्यक्तिले दार्सनिकहरुभन्दा बढी पैसा कमाउँछन् । हामीलाई बढी वेल्डरहरु चाहिएको छ र कमै दार्शनिकहरू ।’
रूवियोको उक्त कथनलाई कसैले समर्थन गरे भने कयौं दर्शनशास्त्र पढ्ने विद्यार्थी आक्रोसित बने । उक्त कथनको महत्व अमेरिकी समाजमा के कसो छ त्यो बहसको विषय छ । तर उक्त कथनलाई नेपाली समाजको वर्तमान गरिबी अवस्थालाई दाँजेर हेर्दा अत्यन्तै सान्दर्भिक हुन आउँछ ।
शिक्षाको महत्व सर्वोपरी छ, त्यसमा दुइमत हुनै सक्दैन । यद्यपी हाम्रो समाजको दोहोरो चरित्रका कारण वा भनौं हाम्रो अल्पज्ञानका कारण हाम्रो समाज दिन प्रतिदिन गरीबीको दलदलमा भासिँदै गइरहेको छ ।
समाजलाई धनी बनाउनु छ भने धनी बनाउने बाटोमा लाग्नुपर्छ । शिक्षा सँगसँगै व्यवसायिक सीपहरुको विकास आवश्यक छ । विदेशमा जस्तै सरकारले शिक्षा लोन दिनु पर्दछ र ससाना काम गरेर कोही ठूलो सानो हुँदैन भन्ने कुरामा चेतना अभिवृद्धि गर्दै एसएलसी पास गर्नेबितिकै आत्मनिर्भर बन्न प्रोत्साहन गर्नुपर्दछ ।
दोहोरो चरित्रको कुरा गर्दा हामीले शिक्षालाई जीवनको अत्यावश्यक पक्ष मानेका छौं । आप्mना सन्ततिलाई ‘बोर्डिङ स्कूलमा’ पढाउने सपना हरेक झुपडिमा देखिन्छ । कसैले ऋण काडेर त कसैले गरगहना बेचेर, कसैले घरखेत बेचेर वा बन्दकी राखेर वा वैदेशिक रोजगारीमार्फत् हाडछाला घोटेर कमाएको पारिश्रमिक छोराछोरीको पढाइमा खर्च गरेका हुन्छन् । यस्तो प्रचलन विदेश आएका नेपालीमा पनि छ — आपूmले दोहोरो सिफ्ट काम गरेर होस् या नेपालमा भएको घरजग्गा बेचबिखन गरेर भए पनि छोराछोरीलाई पढाएको धेरै दृष्टान्तहरू छन् ।
यसरी एकातिर शिक्षाका लागि बाबुआमा वा परिवारले ठूलो त्याग तथा बलिदान गरेको देखिन्छ भने अर्कोतर्फ भविष्यमा छोराछोरीले कमाएर सम्पूर्ण परिवारको जोहो गर्नेछन् वा भनौं भने परिवारको आर्थिक अवस्थामा ठूलो परिवर्तन ल्याउने संवाहक बन्नेछन् भन्ने कामना पनि रहन्छ । झट्ट हेर्दा पारिवारिक बलिदान प्रशंसनीय देखिए पनि मनोवैज्ञानिक तहमा यो एउटा शसर्त गरिएको करार प्रतित हुन्छ । ‘अहिले हामी हाडछाला घोटेर पढाउँछौ तिमीहरूले भविष्यमा हाडछाला घोटेर हाम्रो वा परिवारको हेरचाह गर्नु ।’ थोरै शब्दमा भन्दा, हामी एक अर्काप्रति परनिर्भर बन्ने तयारी गर्दछौं ।
यस्तो मनस्थितिले हामी शिक्षालाई धन कमाउने साधनको रूपमा मात्र हेर्ने गर्दछौं । यसका अलावा, नेपाली शिक्षा प्रणालीको अवैज्ञानिक पद्धतिले समस्यालाई थप विकराल बनाउँदै छ । हाम्रो शिक्षा व्यवहारिक र व्यवसायिक छैन बरु सैद्धान्तिक छ । हामी कुनै विषयमा व्यवहारिक दक्षता हासिल नगरी नै स्नातक र स्नातकोत्तर बन्दछौं र रोजगार बजारमा अयोग्य नै साबित बन्दछौं । त्यसकारण नेपालमा पढाई एक औपचिारिकामा मात्र सीमित बन्न पुगेको छ भन्दा अत्युक्ति नहोला ।
त्यत्रो पढेर पनि केही गर्न सकेन (पैसा कमाउन सकेन) भन्ने मानसिकताले युवावर्गमा शिक्षालाई केवल पैसा कमाउने माध्यमका रुपमा हेर्न सिकाएको छ । जसका कारण प्लस टू पास गर्ने बित्तिकै विदेश जाने मनस्थितिलाई बढावा दिएको छ र परनिर्भरतालाई अझै गहन बनाएको छ ।
यदी समाजलाई धनी बनाउनु छ भने धनी बनाउने बाटोमा लाग्नुपर्छ । शिक्षा सँगसँगै व्यवसायिक सीपहरुको विकास आवश्यक छ । विदेशमा जस्तै सरकारले शिक्षा लोन दिनु पर्दछ र ससाना काम गरेर कोही ठूलो सानो हुँदैन भन्ने कुरामा चेतना अभिवृद्धि गर्दै एसएलसी पास गर्नेबितिकै आत्मनिर्भर बन्न प्रोत्साहन गर्नुपर्दछ ।
आत्मनिर्भरताले नै अनुशासन र समानता सिकाउँछ ।
– बुडब्रिज, भर्जिनिया, अमेरिका















प्रतिक्रिया