८ कार्तिक २०८३, आइतबार

नेपाली सेनालाई चीनले गर्यो विशेष आग्रह, प्रधानसेनापति क्षेत्रीले फर्काए जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi-Jinping-and-KP-oli-chettrai

काठमाडौं, १८ चैत । चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष स्यु छिल्याङले प्रतिरक्षा रणनीतिमा सहकार्य बढाउन नेपाली सेनासँग विशेष आग्रह गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी निजपिङले नेपालसँग दीर्घकालीन रणनीतिक सम्बन्ध विकास गर्न चाहेको बताएलगत्तै मंगलबार उपाध्यक्ष स्युले चीन भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटेर प्रतिरक्षा सहकार्यको प्रस्ताव राखेका हुन् ।

राष्ट्रपति जिनपिङ अध्यक्ष रहेको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष स्यु चीनको प्रतिरक्षा मामिला प्रमुख मानिन्छन् । चीनको जनमुक्ति सेनाका प्रमुख फाङ फेङगुइ आयोगका सदस्य छन् ।

उपाध्यक्ष स्युले प्रधानमन्त्री ओली र चिनियाँ नेतृत्वबीच भएको राजनीतिक सहमति कार्यान्वयनको अपेक्षा गर्दै क्षेत्रीय शान्ति तथा स्थिरताका लागि रणनीतिक सहकार्य बढाउन आग्रह गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

मंगलबार बिहान भएको भेटमा उपाध्यक्ष स्युले नेपालमा चीनविरोधी गतिविधि रोक्न सफल भएकामा नेपाली सेनालाई धन्यवाद दिँदै प्रतिरक्षा, सुरक्षा, सूचना आदानप्रदान, मानवीय सहायता तथा प्रकोप नियन्त्रणमा बलियो सहकार्य गर्ने बताए ।

प्रधानमन्त्री ओली चीनबाट फर्केकै दिन बेइजिङ पुगेका प्रधानसेनापति क्षत्रीसँग सोमबार दिउँसो भेटेर चीनको जनमुक्ति सेनाका प्रमुख फङ फेङगुइले नेपालमा स्वतन्त्र तिव्वत गतिविधि रोक्न थप सहकार्यको प्रस्ताव गरेका थिए ।

सेनापति क्षत्रीले नेपाल सधैं एक चीन नीतिमा अडिग रहेको दोहोर्याउँदै नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने बताए । नागरिक दैनिकमा समाचार छ ।