– सुदीप अधिकारी
बर्दिया, १७ चैत । बर्दियाबाट यस वर्षको एसएलसी परीक्षामा ११ हजार ३ सय ३ परीक्षार्थी सहभागी हुदैछन् ।
जिल्ला शिक्षा कार्यालय बर्दियाका अनुसार एसएलसी परीक्षामा नियमित समूहबाट ७ हजार ६५ जना परीक्षार्थी सहभागी हुँदैछन् । भने, एक्जाम्टेड समूहबाट ४ हजार २ सय ३८ जनाले परीक्षा दिदैछन् ।
गत वर्षभन्दा यस वर्ष एसएलसीमा दिने विद्यार्थीको संख्या बढेको छ । गतवर्ष नियमित र एक्जाम्टेड गरी १० हजार २ सय २३ जनाले एसएलसी दिएका थिए । यस वर्ष भन्दा यस वर्ष १ हजार ८० विद्यार्थी बढी छन् । यसैगरी यस वर्ष छात्र भन्दा छात्रा परीक्षार्थीको संख्या बढी रहेको छ । कार्यालय स्रोतका अनुसार एसएलसीमा नियमित र एक्जाम्टेड गरी ४ हजार ७ सय ९४ छात्र छन् । भने, छात्राको संख्या ६ हजार ५ सय ९ रहेको छ ।
एसएलसी परीक्षाका लागि जिल्लामा ३४ वटा परीक्षा केन्द्र कायम गरिएको छ । प्रत्यक केन्द्रमा १÷१ वटा केन्द्रध्यक्ष, ३ सय भन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा २ वटा सहायक केन्द्राध्यक्ष र २५ परीक्षार्थी बराबर १ निरीक्षक रहने गरी निरीक्षक एसएलसी परीक्षामा खटाइएको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताए । शिक्षा अधिकारी शाहकाअनुसार परिक्षा केन्द्रको संख्या गत वर्ष जती कै भए पनि स्थानमा भने सामान्य हेरफेर गरिएको छ । परीक्षार्थीलाई केन्द्रसम्म पुग्न हुने कठिनाई र व्यवस्थापनलाई मध्यनगर गरी परीक्षा केन्द्रमा सामान्य हेरफेर गरिएको कार्यालयले बतायो ।
परीक्षामा नियमित तर्फका विद्यार्थीलाई विद्यालय पोषाक अनिवार्य गरिएको छ । त्यसैगरी मोवाइल, गाइड गेसपेपर लगाएतका सामाग्रीहरु परीक्षा केन्द्रमा लैजान निषेध गरिएको कार्यालयले जनाएको छ । परीक्षामा हुनसक्ने नराम्रा गतीविधीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था पनि चुस्त पार्नुका साथै परीक्षा अनुगमन टोलीलाई प्रभावकारी परिचालन गरिने कार्यालयले जनाएको छ । परीक्षाको मर्यादा विपरीत काम गर्ने जो कोहीलाई विभागको निर्देशनबमोजिम कारवाही हुने शिक्षा अधिकारी शाहले बताए ।













प्रतिक्रिया