पाल्पा, १७ चैत । नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपाल–भारतको सम्बन्ध अझ समयसापेक्ष ढङ्गबाट प्रगाढ बनाउनुपर्ने बताउनुभएको छ ।
तानसेन–१३ स्थित लक्ष्मी उमाविमा निर्माणाधीन छात्रवास र भवनको आज शिलान्यास गर्दै उहाँले नेपाल र भारतको पुस्तौंदेखिको सम्बन्ध रहेको बताउन्भएको हो । अबको सम्बन्धलाई विकासले जोड्नुपर्नेमा उहाँको जोड थियो ।
उहाँले भारतको विकास हुँदा छिमेकी देश नेपाल पनि विकास भए मात्र शान्ति स्थापना हुने बताउँदै त्यसका लागि विकास गर्न दुवै देशले साझेदारी गर्नु आवश्यक रहेको बताउनुभयो । रासस













प्रतिक्रिया