१६ कार्तिक २०८३, सोमबार

बढुवा भएका एसएसपीदेखि डीएसपीसम्मले दर्ज्यानी चिन्ह पाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dsp-ssp (5)

काठमाडौँ, १७ चैत । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले हालै पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

दर्ज्यानी चिन्हबाट सुशोभित हुने प्रहरी अधिकृतहरुमा प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षकद्वय सुनिलकमार श्रेष्ठ र बिद्याराज श्रेष्ठ, प्राविधिक प्रहरी उपरीक्षकद्वय नरेशबहादुर मल्ल र नरेशमान श्रेष्ठ लगायत जनपथतर्फका ४३ जना प्रहरी नायव उपरीक्षकहरु रहेका छन् ।

प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षकहरु नेपाल सरकार गृह मन्त्रालय (माननीय गृहमन्त्रीस्तर) को चैत २ गते, प्राविधिक प्रहरी उपरीक्षक नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को चैत १२ गते र प्रहरी नायव उपरीक्षक नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को चैत १६ गतेको निर्णयअनुसार पदोन्नती भएका थिए । साथै सोही मितिमा पदोन्नती भएका ३ जना प्रहरी नायव उपरीक्षकहरु हाल बिदेशमा कार्यरत रहेका छन् ।

पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई बधाई दिँदै प्रहरी महानिरीक्षक अर्यालले आगामी दिनमासमेत संगठनले दिएको जिम्मेवारी त्रुटीरहीत तरीकाले बहन गर्दै अझ बढी योगदान दिने अपेक्षा प्रहरी संगठनले राखेको बताउनुभयो ।

पदोन्नती नियमित प्रकृया भएकोले संगठनको नीति र मापदण्ड एवं प्रहरी कर्मचारीको क्षमता, योगदान र सेवाको उचित मूल्याङकनका आधारमा पदोन्नती गरिएको बताउँदै प्रहरी महानिरीक्षक अर्यालले बढुवा प्रणालीलाई थप व्यवस्थित गर्दै लैजान संगठन सधै क्रियाशील रहेको उल्लेख गर्नुभयो । चुनौतीलाई सामना गर्न बढी भन्दा बढी व्यावसायिकता देखाउन जरुरी रहेको उल्लेख गर्दै उहाँले प्रहरी कर्मचारीले आप्mनो सोच, बिचार एवं कार्यशैलीमा सकारात्मक परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा पदोन्नती भएका प्रहरी अधिकृतहरुको तर्फबाट प्रहरी बरिष्ठ उपरीक्षक सुनीलकुमार श्रेष्ठले संगठनको लागि बुद्धि, विवेक र क्षमताले भ्याएसम्म कर्तव्यनिष्ठ भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दज्र्यानी चिन्ह शुसोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Dsp-ssp (1) Dsp-ssp (2) Dsp-ssp (3) Dsp-ssp (4)