१६ कार्तिक २०८३, सोमबार

वर्षात् सुरु हुनु अगावै पुनःनिर्माण: उपप्रधानमन्त्री गच्छदार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijay-Gachhadar1

चितवन, १७ चैत । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले वर्षात् सुरु हुनु अगाडि नै पुनःनिर्माणको काम सम्पन्न हुने बताउनुभएको छ ।

आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले कार्ययोजना तयार गर्न ढिलाइ भएकाले पुनःनिर्माणका कार्य ढिला भएको स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले वर्षात् सुरु हुनुअघि नै भूकम्प प्रभावित जनतालाई आवास निर्माणको काम सक्ने गरी सरकारले काम गरिरहेको दावी गर्नुभयो ।

सरकारको मुख्य प्राथमिकता विकास निर्माण रहेको भन्दै उहाँले विकास निर्माण र पुनःनिर्माणको कामलाई सँगसँगै अगाडि बढाउने बताउनुभयो ।

भारतसँगको चिसिएको सम्बन्ध सुधारका लागि भारत भ्रमण र ऊर्जा सङ्कटबाट मुलुकलाई माथि उठाउन चीन भ्रमण फलदायी रहेको उहाँको भनाइ थियो ।

वार्ताकै माध्यमबाट मधेसका मुद्दा र राजनीतिक मुद्दा समाधान गर्नुपर्ने बताउँदै उपप्रधानमन्त्री गच्छदारले संविधान संशोधन गरेर सबै समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो ।

उहाँ नेपाल निर्माण व्यवसायी महासङ्घको १८ औँं साधारणसभा एवम् रजतजयन्ती शभारम्भमा सहभागी हुन चितवन आउनुभएको हो । उहाँको दुई दिनसम्म चितवनमा रहने कार्यक्रम छ । रासस