काठमाडौं, १७ चैत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतम १४ बर्षपछि अखिल नेपाल किसान महासंघको नेतृत्वबाट बिदा हुने भएका छन् ।
लगातार दुई कार्यकाल महासंघको अध्यक्ष रहेका गौतम पछिल्लोपटक एउटै कार्यकाल झन्डै नौ बर्ष अध्यक्ष भए । छैटौं राष्ट्रिय महासम्मेलनबाट बिदा लिने इच्छा गौतमले निकट नेता तथा कार्यकर्तासँग व्यक्त गरेका हुन् ।
२०५८ सालमा एमाले र तत्कालीन मालेबीच एकीकरण भएपछि बनेको महासंघमा गौतम अध्यक्ष थिए र २०६४ सालमा पुन नेतृत्वमा पुगेका गौतम ६८ बर्ष पुगेका छन् । बुधवार साप्ताहिकमा समाचार छ ।
















प्रतिक्रिया