१६ कार्तिक २०८३, सोमबार

नौ महिनामा नौ बलात्कारी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorराजविराज, १७ चैत । साउनदेखि हालसम्म अर्थात् नौ महिनायता जिल्ला प्रहरी कार्यालय सप्तरीमा नौवटा जबर्जस्तीकरणी उद्योगका उजुरी परेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले दिनुभएको जानकारीअनुसार जिल्लाभरिमा साउनदेखि चैत १५ गतेसम्ममा नौवटा जबर्जस्तीकरणी र करणी उद्योगका घटना भएको बताउनुभयो । सो घटनामा संलग्न नौजना प्रतिवादीलाई पक्राउ गरी सकिएको बताइएको छ ।

यस्तै, पाँचवटा बहुविवाहका घटनामा सातजना अभियुक्तलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुुभयो । बालविवाहका दुईवटा घटनामा चारजनालाई पक्राउ गरिएको पनि बताइएको छ । रासस