१६ कार्तिक २०८३, सोमबार

मुटु रोगीसहित अन्य विरामी बालिकालाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pachthar (2)
मूटू रोगी भिमा विश्वकर्मा ।

– कृष्ण ओझा
पाचथर, १७ चैत । जिल्ला बाल कल्याण समिति पांचथरले रानीटार गाविस ७ की ९ बर्षीया बालिका भिमा विश्वकर्मालाई सोमबार आर्थिक सहयोग गरेको छ ।

बालिका फिदिम नयांँ नमूना मा.वि.मा कक्षा यूकेजीमा पढ्दछीन । उनीको घरको आर्थिक अवस्था कमजोर रहेको कारण सहयोग गरिएको हो । अध्यायरत बिद्यायलेभने उपचार खर्च नगरीएको जनाईएको छ ।

pachthar (1)
गालामा घाउले बिरामी बालिकी सविना हेम्ब्या ।

बालिकालाई ३ महिना अघि यस्तो समस्या देखिएको अभिभावकले बताएका छन । बालिकाको झापाको कन्काई हस्पिटलमा उपचार गराईएको जनाएका छन । उपचारको क्रममा उनीलाई २१/२१ दिनमा सूई दिनु पर्ने चिकित्सकले जनाएको बालिकाकी आमा धनमाया विश्वकर्माले जनाएकी छन । उनीको उपचारका क्रममा झन समस्या आएको छ । उनीको पूरै शरीर सुन्निएको छ । जिल्ला बालकल्याण समितिले उनीलाई थप उपचारको लागि काठमाडौ लैजान पन्ध्र हजार सहयोग गरिएको छ । असाध्य रोगको निशुल्क उपचार गर्ने निकायमा सिफारिस गरिने प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले जनाएका हुन । उनीको उपचारको गंगालाल हृदय रोग केन्द्र काठमाडौंमा पठाईएको छ ।

त्यसै गरि फिदिम नपा १ बस्ने १६ बर्षीया सविना हेम्व्याको गालामा भएको घाउको अप्रेसन गर्नको लागि तीन लाख आवश्यक पर्ने अभिभावक वून्द्रा हेम्ब्याले जनाएका कारण उनीलाई पन्ध्र हजार सहयोग गरिएको छ । थप रकम जुटाउनको लागि स्थानीय बासीहरुले पहल गरि रहेका छन । उनी फिदिम उच्चमावि कक्षा ६ मा अध्यायन गरीरहेकी छन । उनीलाई बिद्यालयले भने उपचार खर्च सहयो नगरीएको जनाईको छ । यसरी नै माङ्गजाबुङ्गका सागर विकको साईकलबाट लडि उपचार भई रहेकोमा छ हजार सहयोग गरिएको छ । फिदिम नपा ५ का सागर थापालाई शैक्षिक सहयोग अन्र्तगत पांच हजार सहयोग गरिएको छ । उक्त सहयोग रकम जिल्ला बाल कल्याण समितिको बाल उद्दार कोषबाट सहयोग गरिएको जिल्ला बाल कल्याण समिति पांचथरका बाल अधिकार अधिकृत सरस्वती सिवाकोटीले बताएकी हुन ।

त्यस्तै मौवा गाविस भरीका विपतमा परेका ९ जना बालबालिकालाई शैक्षिक सहयोग अन्र्तगत प्रति व्यक्ति तीन हजारको दरले महिला तथा बालबालिका कार्यालयको विपतमा परेका बालबालिकालाई सहयोग अन्र्तगत दिईने महिलाबिकास अधिकृत गोमा वाग्लेले बताईन ।