३० आश्विन २०८३, शुक्रबार

‘को नेपाली ?’ भिडियो तथा फोटो प्रतियोगिताको लागि आबेदन खुल्ला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KoNepaliPRCopyवाशिंगटन डि.सी. । गैर सरकारी संस्था कोड फर नेपालले एक महिना अगाडि घोषणा गरेको रु. ७५,००० पुरस्कार राशी को नेपाली र भिडियो तथा फोटो प्रतियोगिताको लागि आबेदन खुल्ला गरेको छ ।

यस प्रतियोगितामा, नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सोभन्दा माथिका सिकारु नेपाली भिडियोग्राफर तथा फोटोग्राफरहरु सहभागी हुन पाउने छन् ।

भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न पाइनेछ। यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा नेपाली हुनु भनेको के होर भन्ने बिषयमा रचनात्मक छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ ।

प्रतियोगितामा मार्च २७  अप्रिल २७ २०१६ को समयाबधि भित्र पेश गरिएका भिडियो तथा फोटोहरु स्वीकार गरिने छन् । प्रतियोगिताका लागि पेश गरिएका प्रस्तुतिहरु www.codefornepal.com/nepali मार्फत संकलन गरिनेछ। प्राप्त भिडियो तथा फोटोहरुको मौलिकता र बिषयबस्तु माथिको पकडको आधारमा छानी कोड फर नेपालको फेसबुकमा राखिने छ ।

प्रतियोगिताको अन्तिम नतिजा जूनको अन्तिम हप्तामा प्रकासित गरिनेछ्रभिडियो प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार विजेतालाई रु. २५,००० प्रदान गरिनेछ भने द्वितीय र तृतीय स्थानका विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।