८ कार्तिक २०८३, आइतबार

सरकार ढाल्न खोजे संसद ढालिने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oliकाठमाडौं, १७ चैत । सरकार परिवर्तनको चर्चा चलेसँगै प्रधानमन्त्री केपी ओली आफ्नो नेतृत्वको सरकार रक्षा गर्ने उपायको खोजीमा लाग्नुभएको बुझिएको छ ।

बालुवाटारनिकट सूत्रले जनाएअनुसार उहाँले वर्तमान सरकारलाई नै पुनर्गठन गरेर आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न चाहनुहुन्छ ।

त्यसनिम्ति नेपाली कांग्रेसलाई सम्मानजनक स्थान दिएर सरकारमा सहभागी गराउन यथाशीघ्र कांग्रेसका नेताहरूसँग ओलीले परामर्श गर्नुहुने भएको छ ।

त्यस्तो संवाद कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई सूत्रधार बनाएर गर्ने तयारी भएको बुझिएको छ । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

यद्यपि ओलीले जो–जसलाई प्रयोग गरे पनि कांग्रेस वर्तमान सरकारमा सहभागी हुने सम्भावना शून्यबराबर रहेको छ ।

संसदीय दलका नेताको निर्वाचनपछि कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न विशेष अग्रसरता लिने निश्चित छ । सहमतिको नाममा अधिनायकवादी चरित्रको सरकार निर्माण गर्नेभन्दा प्रतिपक्षी भूमिका सम्मानित र प्रभावकारी हुने प्रजातान्त्रिक मूल्यमान्यताअनुसरुप बहुमतीय सरकार गठन गर्नुपर्ने धारणा कांग्रेस नेतृत्वको छ ।

त्यसैले एमाओवादी, राप्रपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रिक र मधेसी मोर्चासँगको संवादलाई कांग्रेसले प्राथमिकता दिने भएको छ ।

एमाओवादी एमालेलाई नछाड्ने बाँकी अन्यलाई मात्र मिलाएर भए पनि नयाँ सरकार निर्माण गर्ने सोँच कांग्रेस नेतृत्वको छ । प्रधानमन्त्रीले सरकार ढाल्ने प्रयास भए के गर्ने भनेर काम गर्न सकिन्छ भनेर संसद ढाल्नेसम्मको छलफल गरेको सूत्रको भनाइ छ ।